कैलालीको लम्की स्थित एक नास्ता पसलमा पेय पदार्थ पेप्सीमा फोहर फेला परेको छ । लम्की स्थित आस्था स्विट्स एण्ड नास्ता पसलमा स्थानीय व्यापारी भरत थापाले पिउँदै गरेको अवस्थामा पेप्सीको बोतलमा फोहोर प्लाष्टिकको टुक्रा फेला परेको हो । नास्ता खानका लागि बसेका थापाले पेप्सी पिउन लाग्दा फोहोर फेला परेको बताए । उनले भने नास्ता खानका लागि बसेको थिए पेप्सी पनि खाउँ भनेको थोरै खादै गर्दा फोहोर जस्तो देखेर के रैछ भनेर हेर्दा प्लाष्टिकको टुक्रा फेला प¥यो । गर्मी महिनामा अत्यधिक मात्रमा बिक्री हुने चिसो पेय पदार्थ मानव स्वास्थ्य माथि नै खेलवाड गर्ने गरि कम्पनीले उत्पादन गरेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन । यता नास्ता पसलका सञ्चालक रमेश सञ्ज्यालले जम्मै चिसो पदार्थहरू लम्कीचुहा नगरपालिका वडा नं.४ भल्का रहेको डियस सप्लायर्सबाट ल्याउने गरेको बताए । उनले भने यो बिषयमा आफुलाई केही पनि जानकारी हुदैन, हामीले डिलरबाट चिसो पिय पदार्थहरू ल्याएका हुन्छौ उनले भने कुन बोतल कस्तो छ थाहा नै हुदैन बाहिरबाट हेर्दा सबै उस्तै हुन्छन् एकएक गरेर हेर्न सम्भव हुदैन ।’ पेप्सीमा फोहोर फेला परे पछि डिएस सप्लायर्सका सञ्चालक शंकर शर्माको मोबाइल नम्बर ९८५८४२२३२४ मा यो समाचार पर्दा सम्म फोन गरि सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ देखिएको छ । यो सँगै डिएस सप्लायर्सबाट ल्याएका चिसो पेय पदार्थमा फोहोर भेटिएको दोस्रो पटक हो । केही बर्ष पहिले लम्कीचुहा नगरपालिका वडा नं.२ भल्काको एक नास्ता पसलमा पनि ग्राहकले माउन्टेन डिउमा फोहोर लेदो फेला पारेका थिए ।



