साङग्रिला डेभलपमेन्ट बैंक सुदूरपश्चिमको टोलीले प्रदेशकै एकमात्र उप महानगरपालिका रहेको धनगढी उपमहानगरपालिका प्रमुख र उप प्रमुखलाई बधाई तथा शुभकामना साथै मायाको चिनो प्रदान गरेको छ ।
साङग्रिला डेभलपमेन्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज न्यौपाने, शाखा प्रमुख महेन्द्र बहादुर बोगटी र कर्जा प्रमुख दिपकराज जोशीको टोलीले धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र उप प्रमुख कन्दकला कुमारी रानालाई बधाई तथा शुभकामना साथै मायाको चिनो प्रदान गरेको हो । साङग्रिला डेभलपमेन्ट बैंक सुदूरपश्चिमका प्रमुख देवराज न्यौपानेले धनगढी उप महानगरपालिका प्रमुख गोपाल हमाल, उप प्रमुख कन्दकला कुमारी रानालाई बधाई, शुभकामना एव मायाको चिनो प्रदान गरेका हुन् ।



