बेलायत निवासी समाजसेवी पुष्पा राईको आर्थिक सहयोग तथा सामाजिक अभियन्ता देवेन्द्र संज्यालको संयोजनमा कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ भुरुवा कभर्डहल शिविरमा रहेका गरिब तथा अति विपन्न १० घर परिवारलाई दैनिक उपयोगमा आउने खाद्यान्न सामाग्री वितरण गरिएको छ ।
चामल २५ किलो , दाल डेड किलो , २ पोका तेल , १ किलो चिनी , चियापत्ति , ३ किलो आलु , नुन , साबुन , सोडा , खुर्सानी , छाता , चप्पल , झुल लगायतका दैनिक प्रयोगमा आउने सामाग्री एक कार्यक्रमकाबीच वितरण गरिएको छ ।
दैनिक उपयोग सामाग्री वितरण कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नं १ का वडा अध्यक्ष तथा युवा नेता नेत्रप्रसाद खनाल , लम्कीचुहा नगर कार्यपालिका सदस्य ज्योति विक , युवा समाजसेवी धुर्व सज्याल , बालकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपलाल जैसी न्यौपाने , नेपाल रेडक्रस सोसाइटी बलिया शाखाका सभापति रंगप्रसाद तिमिल्सेना , युवा समाजसेवी राज बहादुर शाही , जनकल्याण सामुदायिक वन उपभोक्ता समुहका कार्यालय सचिव गोविन्दसिंह रावत , समाजसेवी लोकबहादुर बिष्ट लगायतकाको सहभागीता रहेको थियो । कार्यक्रम सहभागीहरूले बेला
यतमा बसेर नेपालीहरूको समस्यामा निरन्तर सहयोग गर्ने मनकारी पुष्पा राईलाई धन्यवाद व्यक्त गर्नुका साथै संयोजन गरेर यो बस्तीसम्म राहत उपलब्ध गराउने सामाजिक अभियन्ता देवेन्द्र संज्यालाई समेत धन्यवाद दिएका थिए । कार्यक्रमको सहजीकरण पलपल अनलाइन मिडियाका सम्पादक चन्द्रप्रसाद खनालले गरेका थिए ।





