Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

मोहन्यालका सामुदायिक विद्यालयमा ‘ब्रोडव्याण्ड’ ईन्टरनेट जडान

मोहन्यालका सामुदायिक विद्यालयमा ‘ब्रोडव्याण्ड’ ईन्टरनेट जडान

  • समाचार
  • आषाढ २२, २०७९ बुधवार २२:३५ बजे
  • 682
    SHARES
  • मोहन्यालका सामुदायिक विद्यालयमा ‘ब्रोडव्याण्ड’ ईन्टरनेट जडान

    कैलालीको मोहन्याल गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा ‘ब्रोडव्याण्ड’ ईन्टरनेट विस्तार भएको छ । भौगोलिक रूपमा दुर्गम मानिएको मोहन्याल गाउँपालिका अन्तर्गतका ग्रामीण क्षेत्रका विद्यालयमा ईन्टरनेटको पहुँच पुर्‍याउन लागिएको हो । FB_IMG_1657126170812.jpg                                                             गाउँपालिकाले बिना तारको ब्रोडव्याण्डको पहुँच सबै वडाका सामुदायिक विद्यालयमा विस्तार गरिएको हो । ग्रामीण स्तरमा ईन्टरनेटको पहुँच पुर्‍याउन नेपाल टेलिकमको ग्रामीण दूर सञ्चार विकास कोष र गाउँपालिकाको सहकार्यमा ४५ वटा सामुदायिक विद्यालयमा शुक्रबार वितरण गरिएको छ । गाउँपालिका कार्यबाहक अध्यक्ष कमल बहादुर साउदलाई पत्रकार चन्द्र प्रसाद खनालले यो योजनाको विषयमा विस्तृत जानकारी गराएको र फिल्ड अफिसर सुदुरपश्चिम प्रदेश इन्चार्ज कृष्ण प्रसाद न्यौपानेले फाइदादेखि सिस्टमका बारेमा जानकारी गराएकाले तत्कालीन कार्यान्वयन गरिएको हो ।    FB_IMG_1657126159838.jpg                            जेष्ठ २७ गते धनगढीमा स्थानीय तहका जनप्रतिनिधिहरूलाई अभिमुखीकरण तालिम समापन भइसके पछिको समयमा जानकारी गराइएको थियो । नेपाल दूर सञ्चार प्राधिकरण (ग्रामीण दूर सञ्चार विकास कोष) को प्रयोग गरि स्थानीय तह मार्फत ब्रोडव्याण्ड’ ईन्टरनेटको पहुँच पुर्‍याउने कार्यलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा कक्षा १ देखि ३, १ देखि ५ र १ देखि ८ सम्म सञ्चालित सामुदायिक विद्यालयमा कम्तिमा २० एमबीपीएसको क्षमताको ब्रोडव्याण्ड’ ईन्टरनेट सामाग्री वितरण गरिएको छ ।                                        FB_IMG_1657126152954.jpg        गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलबहादुर साउँदले विद्यालयका प्रधानाध्यापकलाई ‘ब्रोडव्याण्ड’ ईन्टरनेट सामग्री वितरण गरेका छन् । पालिका अन्तर्गतका अधिकांश वडाहरु अझै बिजुली, टेलिफोन र ईन्टरनेटको पहुँच पुग्न सकेको छैन ।                                            गाउँपालिकाको केन्द्र खिमडीमै टेलिफोन र इन्टरनेट पहुँच पुग्न नसकेपछि गाउँपालिकाबाट सञ्चालन हुने प्रशासनिक काम प्रभावित हुँदै आएकका छन् ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images