पुर्ण खोप लगाऔ , बालबालिकाहरूलाई रोगबाट सुरक्षित बनाऔं भन्ने नाराका साथ पुर्ण खोपको सुनिश्चितता र दिगोपन सम्बन्धमा वडा स्तरीय पुर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम लम्कीचुहा नगरपालिका वडा नं १ मा सम्पन्न भएको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्र लम्कीचुहा नगरपालिका वडा नं १ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
लम्कीचुहा नगरपालिका वडा नं १ का वडा अध्यक्ष नेत्रप्रसाद खनालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथिमा लम्कीचुहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसी रहनु भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य ज्योति विक , कोकिला देवल , सुमित्रा चौधरी , वडा सदस्यहरू सिद्धराज तिमिल्सेना , रामबहादुर चलाउने , नेकपा एमालेका पार्टी प्रतिनिधि राजबहादुर शाही , नेपाली कांग्रेसका वडा सभापति प्रयागराज खनाल , नेकपा माओवादी केन्द्रका पार्टी प्रतिनिधि खकेन्द्र प्रसाद संज्याल , राप्रपाका पार्टी प्रतिनिधि नयाँराम भण्डारी , कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद आचार्य , स्वंयसेविका पार्वती बजगाई , वडा सचिव विष्णुकान्त प्याकुरेल , दिपेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक पर्स चलाउने , सहिद स्मृति माध्यमिक विद्यालयका प्रधानाध्यापक पुर्ण प्रसाद जैसी , सरस्वती मावि भुरुवाबाट निर्मला शर्मा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि , समाजसेवी , स्वास्थ्यकर्मीहरूको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण आधारभूत स्वास्थ्य इकाई केन्द्रका प्रमुख खेमराज खनालले गरेका थिए । कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले जन्मदेखि १५ महिनासम्म निरन्तर रुपमा खोप लगाउनुपर्ने र यो पुर्ण खोप अभियान वैशाख महिनामा सम्पन्न हुनुपर्ने भएतापनि विविध कारणले हुन नसकेको बताउनुभयो । कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नं १ का वडा अध्यक्ष नेत्र प्रसाद खनालले स्वास्थ्य नै जीवन भएकाले स्वास्थ्य ठिक भएमा सबै कामहरू गर्न सक्ने भएकाले स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा उपस्थित सबैले पुर्ण खोपको सुनिश्चितता र दिगोपन सम्बन्धमा वडा स्तरीय पुर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा ऐक्यबद्धता जनाएका छन् ।



