पछिल्लो समयमा विभिन्न उत्सव तथा अवसरहरुमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । जन्मदिन, पास्नी, विवाह उत्सव, विवाहमा अन्य बस्तु भन्दा पनि बीमा उपहार दिने नयाँ ‘ट्रेन्ड’ नै चलेको छ ।
यसैबीच कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ बस्ने काशीनाथ बरालले आफ्नो नाति डेनिस बरालको पास्नीको उपलक्ष्यमा बीमा पोलिसी उपहार दिएका छन् । बीमा सचेतना बढ्दै गएको समयमा भविष्यमा उच्च शिक्षा अध्ययन तथा उज्ज्वल भविष्यका लागि भन्दै ५० लाखको नातीको बीमा गरेको काशीनाथ बरालले एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ‘बाल भविष्य पल्स बीमा योजना’ पोलिसी उपहार बीमा गरेका हुन् । बीमा सचेतना बढ्दै गएको बेला आफ्नो खर्चको केही भाग कटौती गरी पास्नीमा बचतको सुरुवातले उच्च शिक्षामा योगदान पु–याउनुको साथै जोखिम बहन समेत हुने एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाका शाखा प्रमुख नवराज खनालले बताए । शाखा प्रमुख खनालले बरालको शिक्षा खर्च व्यवस्थापनको लागि यस बीमा पोलीसीले सहयोग हुने बताएका छन् ।



