Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

लम्कीचुहा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

लम्कीचुहा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

  • समाचार
  • आषाढ २४, २०७९ शुक्रवार २३:०७ बजे
  • 913
    SHARES
  • लम्कीचुहा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

    कैलालीको लम्कीचुहा नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । लम्कीचुहा नगरपालिका भल्कामा शुक्रबार एक कार्यक्रम गरी जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदम कलेलले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका एवम् दीगोपना घोषणा गर्नुभएको हो ।                                                         पुर्ण खोप सुनिश्चितता पालिका घोषणा कार्यक्रममा लम्कीचुहा नगरपालिका नगर प्रमुख सुशिला शाहीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथिमा जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदम कलेल रहनु भएको थियो ।                                                            कार्यक्रममा नगर उपप्रमुख जुना चौधरी , वडा अध्यक्षहरू , कर्मचारी , स्वास्थ्यकर्मी , स्वास्थ्य स्वयम् सेविका , सरोकारवालाहरूको सहभागीता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य लम्कीचुहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले राख्नु भएको थियो ।                                                    स्वास्थ्य शाखा प्रमुख बिसीले विभिन्न चुनौती र समस्याका बाबजुत पुर्ण खोप अभिघात घोषणा गर्न सफल भएकाले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । लम्कीचुहा नगरपालिका नगर कार्यपालिकाको कार्यालय स्वास्थ्य शाखा भल्का कैलालीको आयोजना कार्यक्रम भएको हो ।

  • सम्बन्धित विषय:

  • # गगन थापा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images