अछाम - दैलेख टुनिबगर कर्णाली पक्की पुल बन्ने भएको छ ।नेकपा माओवादी केन्द्रका विदेश विभाग सदस्य तथा युवा नेता पुष्पराज न्यौपानेको एकल प्रयासमा पुल बन्ने भएको हो । अर्थमन्त्री जनार्दन शर्मासँग समन्वय गरि पुलको योजना हालिएको हो ।
जङ्गलघाटको कर्मागत प्रक्रिया (जो कहिल्यै काम नहुने अवस्थामा थियो ) त्यो पनि अब बढीमा पाँच बर्ष भित्र सम्पन्न हुने गरि बिल्ड एन्ड डिजाइनमा पुल बन्दैछ । यस पुलका लागि पहल लिने र अछामको बिकासमा चासो प्रकट गर्ने अर्थमन्त्री जनार्दन शर्मा र सचिबालयप्रती सबै अछामबासिका तर्फबाट हार्दिक आभार अनि विशेष धन्यवाद समेत न्यौपानेले व्यक्त गर्नु भएको हो । ठेक्का पाएको लामा कन्ट्रक्सनलाई चाडो काम गर्न युवा नेता न्यौपानेले आग्रह गरेका छन् ।
यसपछि रहफ र बलाता जोड्ने पुलका लागि पहल गरिने विदेश विभाग प्रमुख न्यौपानेले बताए ।



