नागरिक उन्मुक्ति पार्टी कैलालीमा प्रवेशको क्रम चलिरहेको छ । यसै क्रममा आज मंगलबार कैलालीको टीकापुरमा पार्टी कार्यालयमा नागरिक उन्मुक्ति पार्टीको आयोजनामा भएको कार्यक्रम पार्टी प्रवेश गरेका हुन् ।
पार्टीमा प्रवेश गर्नेहरूमा नेपाली कांग्रेस कैलाली क्षेत्र नं १ ख का सदस्य अर्जुन ठकुल्ला , नेपाली कांग्रेस नगर कार्य समिति सचिव बिरेन्द्र कुवर , नेपाली कांग्रेसका क्रियाशील सदस्य खेमराज शर्मा , खकिन्द्र सावद , नेपाली कांग्रेसका साधारण सदस्य लक्ष्मी नारायण आचार्य र शिशुल चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय सदस्य तथा नगर अध्यक्ष रामलाल डगौराको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथिमा दामोदर शर्मा पण्डित रहनु भएको थियो भने विशिष्ट अतिथिमा केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संगठन प्रमुख अरुण चौधरी रहनु भएको थियो । अतिथिमा केन्द्रीय सदस्य केवालाल चौधरी , केन्द्रीय सदस्य प्रदिप कुमार चौधरी , तिर्थ बोहरा , बुद्धिराम चौधरी , जगत चौधरी अतिथि रहेका थिए । कार्यक्रमको सञ्चालन ललित ताम्राकारले गर्नु भएको थियो ।



