कैलालीको धनगढीमा बाल अधिकार बाल संरक्षण तथा घटना व्यवस्थापन र सिफारिस संयन्त्र सम्बन्धी ३ दिने क्षमता अभिवृद्धि तालिम शुक्रबारदेखि सुरु भएको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र बाल कल्याण संघ टीकापुरको आयोजनामा उक्त कार्यक्रम सुरु भएको हो ।
पालिका वडा स्तरमा घटना व्यवस्थापन प्रक्रिया तथा सिफारिस संयन्त्र सम्बन्धी तालिम सुरु भएको हो । बाल अधिकार , बाल संरक्षण तथा घटना व्यवस्थापन सिफारिस सम्बन्धी समुदायमा आधारित बाल संरक्षण प्रणालीमा थप सक्रियतामा टेवा पुगाउने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा बाल संरक्षण सम्बन्धी राष्ट्रिय स्तरमा भएका व्यवहार बालविवाह अन्त्यका लागि बनाएका रणनीति बाल संरक्षण प्रणालीको लागि स्थानीय तहमा गर्नुपर्ने आवश्यकता पालिका वडामा गठन गरिने बाल अधिकार समितिको गठन प्रक्रिया लगायत विविध विषय बारेमा सहभागीहरूलाई जानकारी दिईने बताइएको छ । तालिममा घोडाघोडी नगरपालिका वडा नं १ देखि १२ सम्मका वडा अध्यक्षहरू , कार्यवाहक नगर प्रमुख , महिला शाखाका प्रतिनिधि , स्थानीय बाल अधिकार समिति , निमित्त प्रमुख प्रशासकीय अधिकृत , बाल कल्याण संघ टीकापुर र वल्र्ड भिजन इन्टरनेशनलका प्रतिनिधिहरूको सहभागीता रहेको थियो । विगत केही वर्षदेखि वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र बालकल्याण संघ टीकापुरले घोडाघोडी नगरपालिकामा काम गर्दै आएको छ ।



