नागरिक उन्मुक्ति पार्टीको कार्यकर्ता भेटघाट प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम कैलालीको गौरीगंगा नगरपालिका वडा नं ८ मा बुधबार सम्पन्न भएको छ ।
कार्यकर्ता भेटघाट प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथिमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी , विशिष्ट अतिथिमा प्रवक्ता दामोदर शर्मा पण्डित , अतिथिमा केन्द्रीय सदस्य लक्ष्मण थारू , केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेश संगठन प्रमुख अरुण चौधरी , केन्द्रीय सदस्य गंगा चौधरी लगायत पार्टीका नेताहरूको सहभागीता रहेको थियो ।
कार्यक्रम विभिन्न पार्टी परित्याग गरि १०७ जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका केन्द्रीय सदस्य अरुण चौधरीले जानकारी दिनुभयो । पछिल्लो समय उक्त पार्टीले आफ्ना गतिविधिलाई बढाई रहेको छ । कैलाली लगायत बर्दिया र कंचनपुरका विभिन्न ठाउँमा कार्यक्रम गर्दै आएको छ ।




