Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

जिविकोपार्जनका लागि उपमेयरद्वारा सामाग्री हस्तान्तरण

जिविकोपार्जनका लागि उपमेयरद्वारा सामाग्री हस्तान्तरण

  • समाचार
  • श्रावण १३, २०७९ शुक्रवार १४:२९ बजे
  • 1.3K
    SHARES
  • जिविकोपार्जनका लागि उपमेयरद्वारा सामाग्री हस्तान्तरण

    दिगो विकास समाज भजनी कैलाली र वल्र्ड भिजन इन्टरनेशल नेपालको साझेदारीमा संचालित पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना विभिन्न सामाग्री वितरण गरेको छ ।                                                                            received_466494124912710.webpundefined घोडाघोडी नगरपालिका , भजनी नगरपालिका वडा नं ४ र ९ , गौरीगांगा नगरपालिका र कैलारी गाउपालिका १३ जना साना व्यावसायीहरुलाई फ्रिज र इलोक्ट्रोनिक्स सामाग्री गरी प्रर्ति व्यक्ति २५ हजार ५ सय रुपैयाँ र कृषि उत्पादनमा संलग्न ४४ जना उत्पादकहरुलाई सिलपाउलिन प्लाष्टिक, आइरन पाईप, इलोकट्रोनिक्स स्येयर टैकी १६ लिटर, प्लाष्टिक क्रेट, हजारी १० लिटर, मलचिंग प्लाष्टिक ४०० मिटर, तराजु १०० केजि इलोक्ट्रोनिक्स, थोपा सिचाई, गार्डेन पाइप, इलेक्ट्रोनिक मोटर र काउली, बन्दा, खुर्सानी आदी गरी प्रर्ति व्यक्ति ६ हजार रुपैया देखि १८ हजार रुपैयाँ सम्मका उत्पादकका आवश्यकता अनुसारका सामाग्री एक कार्यक्रमकाबीच आज शुक्रबार सुख्खडमा वितरण सम्पन्न भएको छ ।                                               उक्त सामाग्री वितरण कार्यक्रममा दिगो विकास समाज भजनीका सह सचिब धनिराम राजी, घोडाघोडी नगरपालिकाका नगर उपप्रमुख गुलिया देवी चौधरीले सामाग्री हस्तान्तरण गर्नु भएको हो । सामाग्री वितरण कार्यक्रममा दिगो विकास समाजका परियोजना अधिकृत प्रभुनाथ ढकाल , गोविन्द जोशी , सुरज चौधरी र ललित चौधरीको सहभागीता रहेको थियो भने जिविकोपार्जन गरी आर्थिक आम्दानी गरी वाल सम्बृद्वि ल्याउने उद्देश्यले कृषि सामाग्री तथा साना व्यावसाय संचालन सामाग्री वितरण गरिएको हो ।                                                वितरण अघि दिगो विकास समाज र सामाग्री प्राप्त कर्ता बीच दुइ पक्षीय सम्झौता समेत गरिएको छ ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images