पछिल्लो समय नागरिक उन्मुक्ति पार्टीमा अन्य पार्टिका नेता तथा कार्यकर्ता प्रवेश गर्ने जारी छ । कैलालीका विभिन्न ठाउँको कार्यक्रम सकेर पार्टीले आफ्ना गतिविधि बर्दिया केन्द्रित गरेको छ ।
आज शुक्रबार बर्दियाको भुरीगाउँमा भएको कार्यक्रममा ३ सय जना बढिले पार्टी प्रवेश गरेको केन्द्रिय सदस्य अरुण चौधरीले जानकारी दिनुभयो ।
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ रानीपुर भुरीगाउँमा नागरिक उन्मुक्ति पार्टी ठाकुरबाबा नगर समितिद्वारा आयोजित कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, केन्द्रिय प्रबक्ता दामोदर पन्डित, केन्द्रिय संगठन विभाग प्रमुख किशोर जोगेथवा, केन्द्रिय सदस्य तथा सु.प. संगठन प्रमुख अरुण चौधरी लगायतका नेताहरूको सहभागीता रहेको थियो ।
केन्द्रीय पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा पार्टी प्रवेश गरेको पार्टीका केन्द्रिय सदस्य अरुण चौधरीले जानकारी दिनु भयो ।



