Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

गायक थापाले ल्याए नयाँगीत , स्वार्थी माया लाउनेलाई बाई बाई भन्नुपर्छ

गायक थापाले ल्याए नयाँगीत , स्वार्थी माया लाउनेलाई बाई बाई भन्नुपर्छ

  • समाचार
  • श्रावण २०, २०७९ शुक्रवार १२:३२ बजे
  • 886
    SHARES
  • गायक थापाले ल्याए नयाँगीत , स्वार्थी माया लाउनेलाई बाई बाई भन्नुपर्छ

    पहाडको ठन्डो पानी देउडा गितको चर्चा सेलाउन नपाउदै गायक गोपाल जंग थापाले नयाँ म्युजिक भिडीयो सार्वजनिक गरेका छन ।                                                                     सञ्चारकर्मी एवं कुशल उद्घोषक समेत रहेका गायक थापाले नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा स्वार्थी माया लाउनेलाई बाई बाई भन्नु पर्छ बोलको गित विहिबार बजारमा ल्याएका हुन । गितमा चर्चित गायिकक निशा श्रीष मगर र गायक थापाले स्वर दिएका छन भने सागर सुनार र थापाले संयुक्त रुपमा शब्द संगीत गरेका हुन । गितलाई विजय थापा मगरले ऐरेन्ज गरेका हुन । म्युजिक भिडीयोमा चर्चित कोरियोग्राफर सन्देश रिमाल, मोडेल रेखा खत्री र चित्रकला बुढाको उत्कृष्ट अभिनय रहेको छ ।                                                                                     धिताल फिल्मस् प्रालिले निर्माण गरेको भिडीयोलाई चर्चित क्यामेरा पर्सन राम केसीले छायांकन गरेका हुन भने रोशन धितालले सम्पादन गरेका हुन । म्युजिक भिडीयोलाई दिनेश ठकुल्लाले निर्देशन गरेका छन । गित सार्वजनिक भइसके पछि संगीतकार थापाले आफ्ना अन्य गितहरु झै यस गितले पनि दर्शकहरुको मन जित्ने बताए । उनले स्वार्थी माया लाउनेलाई वाई वाई भन्नु पर्छ बोलको गितमा अझ धेरै मेहनेत गरेकाले म्युजिक भिडियो सबै दृष्टिकोणले राम्रो बनेको उल्लेख गर्दै दर्शकको रोजाई पर्ने प्रतिक्रिया दिए ।                                                 गित अहिलेको नयाँ पुस्तालाई समेटेर तयार पारिएको भन्दै उनले गित मार्फत माया गरेको बहानामा कसैलाई पनि धोका दिनु राम्रो नहुने सन्देश दिन खोजेको बताए ।                                                                      यस अघि गायक एवं सञ्चारकर्मी थापाले पहाडको ठन्डो पानी, क्या राम्रो रैछ नि साँफेबगर, नेपालका नेता, भत्ता पचाउन, धेरै भए फटाह जाली, बर पिपल छायाले, नाच्ने बुढी चाहियो, चश्मा लाउँछु कालो लगायतका लोकप्रिय गितहरु बजारमा ल्याइसकेका छन ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images