✍️चन्द्र प्रसाद खनाल / गुलरिया बर्दियाको गुलरिया नगरपालिकामा १२ वटै वडाबाट अनलाइन राजस्व प्रणालीमा लिन सोमबारदेखि तालिमको आयोजना गरिएको छ । एक कार्यक्रमकाबीच गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले अनलाइन राजस्व प्रणाली तालिमको समुद्वाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले यो प्रणाली २०७४ सालमा लागू हुनुपर्ने भएपनि ढिलो गरि भएकाले सबै वडामा लागू गरि अनलाइन राजस्व प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । कर्मचारीहरूले वडामा जनताको सेवामा तल्लीन भएर सेवा दिनुपर्ने र काममा विशेष ध्यान दिन वडा सचिवहरूलाई निर्देशन समेत दिनु भएको छ । वडामा भौतिक साधन भएन भने नगरपालिकाले उपलब्ध गराउने बताउदै नगर प्रमुख यादवले वडाका काममा तल्लीन भएर लाग्न आग्रह गर्नु भएको छ । जनताहरूलाई नगरपालिका आउन समस्या भएको बताउदै नगर प्रमुख यादवले बहाल कर , व्यावसाय कर , सम्पत्ति तथा भुमि कर ,सिफारिस दस्तुर सबै अनलाइनमा हुने भएकाले यसमा चुहावट कमी हुने समेत बताउनुभयो ।
तालिम उद्घाटन कार्यक्रममा उप प्रमुख सावित्रा गौतमको सहभागीता रहेको थियो ।
तालिम समुद्घाटनमा बोल्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत रुपसिङ खत्रीले राजस्व संकलन अनलाइन प्रणाली लागू गर्नुपर्ने कारण बारे प्रष्ट पार्दै यो प्रणाली विश्वासिलो र भरपर्दो भएको बताउनुभयो ।
तालिम सांग्रिला ग्रुपका फिल्ड अफिसर कृष्ण प्रसाद न्यौपानेले दिइरहनु भएको छ । तालिममा वडा नं १ देखि १२ सम्मका वडा सचिवहरू तथा नगरपालिकाका कार्यरत कर्मचारीहरूको सहभागीता रहेको छ ।
तालिम उद्घाटन कार्यक्रमको सञ्चालन गुलरिया नगरपालिकामा कार्यरत अधिकृत छैठौं कपिल घिमिरेले गर्नु भएको थियो । तालिम पश्चात् गुलरिया नगरपालिकाका १ देखि १२ वडामा अनलाइन राजस्व संकलन प्रणाली लागू हुनेछ ।



