Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

गुलरिया नगरपालिकामा अनलाइन राजस्व प्रणाली तालिम सम्पन्न / आइतबारदेखि वडाबाट अनलाइन राजस्व प्रणाली लागू हुने

गुलरिया नगरपालिकामा अनलाइन राजस्व प्रणाली तालिम सम्पन्न / आइतबारदेखि वडाबाट अनलाइन राजस्व प्रणाली लागू हुने

  • समाचार
  • श्रावण २६, २०७९ बिहिवार २१:४४ बजे
  • 1.7K
    SHARES
  • गुलरिया नगरपालिकामा अनलाइन राजस्व प्रणाली तालिम सम्पन्न / आइतबारदेखि वडाबाट अनलाइन राजस्व प्रणाली लागू हुने

    बर्दियाको गुलरिया नगरपालिकामा १२ वटै वडाबाट अनलाइन राजस्व प्रणालीमा लिन सोमबारदेखि आयोजना गरिएको तालिम बिहीबार सम्पन्न भएको छ । तालिमको समापन गुलरिया नगरपालिकाका उप प्रमुख सावित्रा गौतमले गर्नु भएको हो । 

          Screenshot_20220811-155801_Gallery.jpg

    तालिम समापन कार्यक्रममा बोल्दै उप प्रमुख गौतमले १२ वडाबाट सहभागी वडा सचिव कर्मचारीहरूले यो अनलाइन राजस्व प्रणाली विश्वसनीय बनाएर छिटोछरितो काम गर्न निर्देशन दिनु भएको छ ।

                                            Screenshot_20220811-155828_Gallery.jpg

    तालिम समापन कार्यक्रममा गुलरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुपसिङ खत्रीले राजस्व संकलन अनलाइन प्रणाली लागू गर्नुपर्ने कारण बारे प्रष्ट पार्दै यो प्रणाली विश्वासिलो र भरपर्दो भएको बताउनुभयो । जनताहरूलाई नगरपालिका आउन समस्याबाट मुक्त हुने बताउदै अधिकृत खत्रीले बहाल कर , व्यावसाय कर , सम्पत्ति तथा भुमि कर ,सिफारिस दस्तुर लगायतका सबै सेवा अनलाइनमा हुने भएकाले वडाबासीहरू नगरपालिका आउन नपर्ने र उक्त सेवाहरू वडाबाट हुने बताउनुभयो ।

            20220811_143558.jpg

    तालिममा वडा नं १ देखि १२ सम्मका वडा सचिवहरू , वडाका कर्मचारीरू तथा नगरपालिकाका कार्यरत कर्मचारीहरूको सहभागीता रहेको थियो । आइतबारदेखि गुलरिया नगरपालिकाका वडा नं १ देखि १२ वडामा अनलाइन राजस्व संकलन प्रणाली लागू हुनेछ ।  उक्त अनलाइन प्रणालीबाट सेवा दिएमा छिटोछरितो हुनुका साथै विश्वसनीय र भरपर्दो हुनेछ ।                           

    तालिम सांग्रिला ग्रुपका फिल्ड अफिसर कृष्ण प्रसाद न्यौपानेले दिनु भएको हो । तालिम समापन कार्यक्रमको सञ्चालन गुलरिया नगरपालिकामा कार्यरत आइटी अजयसिंह  ठाकुरले गर्नु भएको थियो ।

  • सम्बन्धित विषय:

  • # गुलरिया नगरपालिका
  • # बर्दिया

  • कर्णाली भ्यूज

    This is Test

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images