Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सानिमा लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी चेक रकम हस्तान्तरण

सानिमा लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी चेक रकम हस्तान्तरण

  • समाचार
  • श्रावण ३०, २०७९ सोमवार १२:४२ बजे
  • 4.1K
    SHARES
  • सानिमा लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी चेक रकम हस्तान्तरण

    सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की उप शाखाले कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ भुरुवा निवासी स्वर्गीय पुर्ण खनालको अकस्मात दुर्घटनाभई मुम्बईमा मृत्यु भएपछि बिमा बापत पाउने राहत बापत बीमा लाभ आइतबार एक कार्यक्रमबीच प्रदान गरेको छ ।                                             कैलालीको लम्कीमा रहेको सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की उपशाखामा आयोजित एक कार्यक्रमका बीच स्वर्गीय खनालकी पत्नी राधिका खनाललाई ३ लाख १२ हजार बराबरको चेक रकम हस्तान्तरण गरिएको हो । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेशका प्रमुख गणेश प्रसाद उप्रेती र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाका शाखा प्रमुख कमल प्रसाद खनालले चेक रकम हस्तान्तरण गर्नु भएको हो ।                               चेक हस्तान्तरण कार्यक्रममा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाका मार्केटिङ अफिसर तिर्थराज जैसी , एजेन्सी म्यानेजर माया कुमारी जोशी को उपस्थितिमा चेक हस्तान्तरण गरिएको हो ।                                                              स्वर्गीय खनालले २०७७ असारमा १० हजार ७ सय रुपैयाँ तिरेर सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सानिमा सरल जीवन बिमा गर्नु भएको थियो । खनालको २०७९ /१ / १९ गते भारतको मुम्बईमा दुर्घटनामा मृत्यु भएको थियो ।                                               कार्यक्रममा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सुदुरपश्चिम प्रमुख गणेश प्रसाद उप्रेतीले जीवन बीमा आवश्वक भएको बताए । बिमा गर्नु भनेको बचत गर्नु तथा भविष्यमा आइपर्ने जोखिम बहन गर्ने माध्यम भएकोले बिमा गर्नु राम्रो भएको बताउनुभयो ।

  • सम्बन्धित विषय:

  • # सानिम लाइफ इन्स्योरेन्स

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images