Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सरकारले संविधान कुनै हालतमा मिच्दैनः प्रधानमन्त्री

सरकारले संविधान कुनै हालतमा मिच्दैनः प्रधानमन्त्री

  • समाचार
  • फाल्गुण ७, २०७७ शुक्रवार ०७:०० बजे
  • 490
    SHARES
  • सरकारले संविधान कुनै हालतमा मिच्दैनः प्रधानमन्त्री
    • कर्णाली भ्यूज

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधानलाई नमिच्ने बताउनु भएको छ । संविधानमा भएको व्यवस्था लत्याएर पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएका प्रधानमन्त्रीबाट यस्तो भनाइ आएको हो ।

    प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले कुनै पनि हालतमा संविधान नमिच्ने दावी गर्नुभयो ।

    प्रधानमन्त्री ओलीले राष्ट्रिय एकतालाई जोड दिएर अगाडि बढ्नुको बिकल्प नभएको बताउनुभएको छ । ‘जुनसुकै ठाउँ, भाषा या राजनीतिक आस्थाका भएपनि बृहतर राष्ट्रिय हितमा एक भएर अगाडि बढ्नुको बिकल्प छैन’, उहाँले भन्नुभयो ।

    उहाँले यतिबेला कुनै पनि प्रकारको अलमलमा नपरि बिगतका बलिदान, गौरवपूर्ण ढगंले हासिल गरेको उपलब्धिहरुलाई रक्षा गर्नुपर्ने कर्तव्यलाई सम्झिएर इतिहासबाट पाठ सिक्दै अगाडी बढ्नुपर्ने दिन आएको उल्लेख गर्नुभयो ।

    प्रधानमन्त्री ओलीले साना तिना मतभेदलाई छोडेर बृहत्तर राष्ट्रिय हित र स्वार्थमा एकताबद्ध भएर अगाडी बढ्न सबैमा आग्रह गर्नुभयो ।

    उहाँले अर्को वर्ष सम्ममा नेपाल अल्पविकाशील राष्ट्रबाट विकासशील राष्ट्रमा रुपान्तरीत हुने बताउँदै त्यसका निम्ति अझ प्रयास आवश्यक भएको बताउनुभयो ।

    सन् २०३० सम्म दिगो विकासको लक्ष्य पूरा गर्न सरकार लागि परेको प्रधानमन्त्री ओलीको भनाइ छ ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images