नागरिक उन्मुक्ति पार्टी कैलाली जिल्ला क्षेत्र नं. २ प्रदेश 'ख ' अन्तर्गत बर्दगोरिया गाउँपालिकामा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
कैलाली क्षेत्र नं २ प्रदेश 'ख' का संयोजक निमुराम चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुखअतिथिमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी रहनु भएको थियो भने बिशिष्ट अतिथिमा पार्टीका प्रवक्ता दामोदर शर्मा पण्डित रहनु भएको थियो ।
अतिथिमा पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण किशोर चौधरी , पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संगठन विभाग प्रमुख अरुण कुमार चौधरी लगायत पार्टीका केन्द्रीय सदस्य , प्रदेश समितिका पदाधिकारी तथा सदस्य लगायत केन्द्रिय सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
विभिन्न पार्टी परित्याग गरि ५ सय ७३ जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रम देशभर निरन्तर चलिरहेको छ ।



