नागरिक उन्मुक्ति पार्टी कैलाली क्षेत्र नं.५ को धनगढी उप-महानगरपालिकामा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
कैलाली क्षेत्र नं ५ का संयोजक निम चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथिमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी रहनु भएको थियो ।
कार्यक्रममा बिशिष्ट अतिथिमा पार्टी प्रवक्ता दामोदर शर्मा पण्डित , पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण किशोर चौधरी , पार्टीका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम संगठन विभाग प्रमुख अरुण कुमार चौधरी लगायत पार्टीका केन्द्रिय सदस्यहरु , सुदुरपश्चिम प्रदेशका पदाधिकारी तथा सदस्य पार्टीका नेता तथा कार्यकर्ताहरूक उपस्थिति रहेको थियो ।
कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिब ४६० जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका पार्टीका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम संगठन विभाग प्रमुख अरुण कुमार चौधरीले जानकारी दिनु भएको छ ।
नागरिक उन्मुक्ति पार्टीले कैलाली लगायत देशभर संगठन विस्तार अभियानलाई तिव्रता दिइरहेको छ ।



