Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

आधारशिला एकेडमीद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

आधारशिला एकेडमीद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • समाचार
  • भाद्र ३, २०७९ शुक्रवार १९:०५ बजे
  • 1.6K
    SHARES
  • आधारशिला एकेडमीद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

       गोपाल जंग थापा / ललितपुर                                                                            ललितपुर जिल्लाको एकान्तकुनामा अवस्थित आधारशिला एकेडेमीले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । एसईई पास गरेर आधारशिलामा कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुलाई शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी अभिमुखिकरण दिइएको हो ।      PicsArt_08-19-07.09.24.jpg                                                       received_795892621424018.jpeg     सो अवसरमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नुका साथै विद्यार्थीले आफ्नो जीवन सार्थक बनाउन अपनाउनु पर्ने उपायका बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा बोल्दै एकेडेमीका प्राचार्य गणेश गिरीले आधारशीलाको मुख्य उदेश्य नै गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्नु भएकाले ढुक्क भएर आफ्नो पढाइमा ध्यान दिन विद्यार्थीहरुलाई सुझाव दिए ।                                                              received_1162937434567742.jpeg     उनले आफूहरुसंग एकेडेमीले सञ्चालन गरेका सबै शंकायमा विषयगत दक्ष शिक्षकको व्यवस्था भएकाले शैक्षिक गतिविधीमा एक कदम अगाडि रहेको उल्लेख गरे । त्यसैगरी अर्का वक्ता नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ ललितपुरका निवर्तमान अध्यक्ष विजय महर्जनले विद्यार्थी जीवन नै उज्जवल भविष्य निर्माण गर्ने समय भएकाले मेहनेतका साथ पढाईमा ध्यान दिन आग्रह गरे ।        received_1517004958758946.jpeg                       आधारशिला एकेडेमीका कार्यक्रम निर्देशक धनिराम योगीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन एकेडेमीका संयोजक गोविन्द गिरीले गरेका थिए । सो अवसरमा विभिन्न सांगितिक झलकहरु समेत प्रस्तुत गरिको थियो ।

  • सम्बन्धित विषय:

  • # #education

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images