कैलालीको लम्कीचुहा नगरपालिका वडा नं २ मोतिपुरमा सोमबारदेखि निर्मल मार्ट सञ्चालनमा आएको छ । सोमवार मार्टको उद्घाटन गरिएको छ । मार्ट सञ्चालन भएसँगै सम्पुर्ण सामानहरु निर्मल मार्टमा उपलव्ध हुने मार्टका सञ्चालक निर्मल कुमार सिंहले जानकारी दिनुभएको छ । करिब १० करोडौं बढीको लगानीमा मार्ट सञ्चालन गरिएको सञ्चालक निर्मल कुमार सिंहले जानकारी दिएका छन् । करिब १५ जनाले उक्त मार्टमा रोजगारी पाएका र फेरि पनि थपिने सञ्चालक सिंहले जानकारी दिनुभयो । ग्राहकहरुको आवश्यकलाई मध्यनजर गर्दे आफुहरुले यस क्षेत्रमा सुविधासम्पन्न मार्ट सञ्चालनमा ल्याएको संचालिका चन्द्रा सिंहले जानकारी दिनुभयो । आफ्नै क्षेत्रमा सवै समानहरु एउटै छानामुनि उपलव्ध हुने भएपछी यस क्षेत्रका उपभोक्ताहरुले खुसी व्यक्त गरेका छन् । मार्टमा दैनिक उपभोग्य समाग्रीका सवै समानका साथै लुगा कपडा, भाडाँकुडी, किचेनका सामानहरू, जुत्ता चप्पल, श्रृङ्गारका समान लगायतका सवै सामानहरु उपलव्ध हुने संचालक सिंहले वताउनुभयो ।



