Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

लम्कीचुहा वडा नं १ भुरुवामा डेङगु रोग नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना

लम्कीचुहा वडा नं १ भुरुवामा डेङगु रोग नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना

  • समाचार
  • भाद्र ७, २०७९ मंगलवार २०:४२ बजे
  • 1.1K
    SHARES
  • लम्कीचुहा वडा नं १ भुरुवामा डेङगु रोग नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना

    कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवामा आज डेङ्गु रोग नियन्त्रण सम्बन्धि जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ । स्थानीय महिला स्वास्थ्य स्वयंसेवक हरिकला देवकोटाको नेतृत्वमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवामा रहेको मनकामना स्वास्थ्य आमा समुहको आयोजनामा जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको हो ।          received_615444753314313.jpeg                                         महामारीको रुपमा फैलिरहेको डेङ्गु रोगको रोकथाम तथा नियन्त्रणका लागि लम्कीचुहा नगरपालिकाको वडा नम्बर १ भुरुवामा रहेको मनकामना स्वास्थ्य आमा समूहले सरसफाइ तथा लाम्खुट्टेका लार्भा नष्ट गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको हो । विगतदेखि नै स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम संचालन गर्दै आएको आमा समुहले पछिल्लो समय महामारीको रुपमा फैलिएको डेङ्गु रोग र यसको सर्ने माध्यम , लक्षण, रोकथाम र नियन्त्रणका बारेमा जनस्तरमा जानकारी दिने उदेश्यले जनचेतनामूलक कार्यक्रम थालेको मनकामना स्वास्थ्य आमा समुह भुरुवाका अध्यक्ष बिमला अधिकारीले जानकारी दिनु भएको छ ।                                                                          आज मंगलबार आमा समुहले विद्युतलाइन , भुरुवा , तिल्केनी टोलमा लामखुट्टेको लार्भा खोजी गरि नष्ट गर्नुका साथै जनचेतनामूलक कार्यक्रम संचालन गरेको महिला स्वास्थ्य स्वयंसेवक हरिकला देवकोटाले जानकारी दिनुभएको छ ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images