नेपालका पुँजिवादीहरु श्रमजीवी वर्गलाइ बिभिन्न प्रकारले शोषण गर्दै आइरहेका हुन्छन् सधैं भरि गरिब जनतालाई आफ्नो शोषणको चपेटामामा राख्न चाहन्छन् । पुजिवादि शक्तिहरुले चुनाबलाइ जनता र राष्ट्रको पक्षमा प्रयोग नगरेर आफ्नै बर्गको हितको निम्ति ठगिखाने भाँडोको रुपमा प्रयोग गर्दछन् र चुनाबको बेला हरेक रङ्गिबिरङ्गि नारा हरु प्रयोग गरिन्छन् राष्ट्रको विकासको नाममा मात्र चुनावि घोषणाको पत्रमा प्रकाशित गराएका हुन्छन् चुनाब जित्नको लागि हरेक कान्डमाहरु गरेका हुन्छन् । गुन्डाहरुको साहारामा चुनाबको मैदामा उत्तिसिएका हुन्छन् सोझासाझा जनतालाई धम्की दियर थर्काउने काम गरेका हुन्छन् सामन्तीहरुले भष्ट्चार र दलाली गरेर कमाएको पैसालाइ चुनाबको बेलामा प्रयोग गर्दछन् जनताको अमुल्य मतलाई पुँजिवादी तत्वहरूले पैसाको बलले खरिद गर्दछन् यसरि विभिन्न प्रकारका साम दाम दन्ड भेदको निति अपनाएर पुँजिवादी तत्वहरू सरकारमा पुग्दछन् र पुगेपछि आफ्नै पुँजिवादी शासन चलाउछन् आफ्नै हक हित र मोजमस्तीमा रमाउछन् चुनाबको बेला जनतालाई दिएको बिकासका आसहरु भुल्दछन र केबल आफ्ना आसेपासे धुपौरेहरुको बिकास गर्दछन र परिवारबादको सरकार चलाएका हुन्छन् र उनीहरु क्रमशः जनताको नजरबाट टाढा हुदै जान्छन् र अनि नेपालीयुवाहरुको देशमा रोजगार को बिना बिचल्लि हुन्छन् र प्रबासि हुन बाध्यतामा हुन्छन् र प्रबासिनुको पिडालाई सब्दमा उतार्न निकै कठिन छ यस्तो त कोहि रहरले पनि प्रबासिएका हुन्छन् भने कोहि मुलकमा हरेक अपराध गरेर प्रवासिएका हुन्छन् तर साच्चै आफ्नो घरपरिवार पाल्नको लागि प्रबासिएका नेपाली युवाहरु आफ्नै राष्ट्रबाट बाच्ने स्थितिबाट बन्जित भएर नुनको सोझो बन्न काम को खोजिमा हुन्छन् र सडकको गल्लि गल्लिमा भौतारिरहेका हुन्छन् । सबैभन्दा पहिला त आफ्नो मातृभुमि छोडेर र डाँडापारिका जुन भएका आमाबुबालाइ छोडेर दोजिया भएकि श्रीमतीको आखाबाट टिलिप्प टिलिप्प आसु झारेर साना साना बालबालिकालाई केटाकेटीलाइ रुलुटुल्ल छाडेर आफुले खेलेको आगनलाइ सुन्य पार्दै प्रबासिनु एउटा भौतिक मानसिक पिडाको क्षण हो र त्यसैगरि आफ्न्तहरुबाटै जाल जेलमा पारेर भुमिमा आफ्नो देह बेच्न र आफ्नै आँसुको पोखरीमामा नुहाउन बाध्य दिदि बहिनिहरुको प्रबासमा पिडा त एक सोक कान्ड जस्तै हुन्छ । यस्ता पिडामा परेका नेपाली चेलिहरु यो भारतमा हजारौंको सङ्ख्यामा छन् । अब आउने चुनाबमा सबै नेपाली दाजुभाई तथा दिदीबहिनी आमाबुबाहरुलाइ के अनुरोध छ भने अहिलेको सरकारमा रहेका गठबन्धनका दलाल भष्ट्रचारी शोषण दमन कमिसनबी आदि इत्यादि ठगबन्धनहरुलाइ परास्त गराएर नयाँ युगका नयाँ नेतृत्व प्रदान गरेर देशलाई बिकास तिर लम्काउने र प्रवासिएका नेपालीहरुलाइ आफ्नै राष्ट्रमा रोजगारीको व्यवस्था गराउनेहरुलाई नै जिताउने अभियानमा लाग्नुपर्छ । धन्यवाद उही प्रवासी हरि ढकाल ( कोब्रा ) पञ्चपुरी नगरपालिका वडा नं १० , सुर्खेत हाल: बोरिवली बेष्ट गोराइ बीच महाराष्ट्र मो .7208779273



