Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

भागरथीको शव बुझेर आजै दाहसंस्कार गरिने

भागरथीको शव बुझेर आजै दाहसंस्कार गरिने

  • समाचार
  • फाल्गुण ७, २०७७ शुक्रवार ०७:०४ बजे
  • 487
    SHARES
    • कर्णाली भ्यूज

    काठमाडौं । बैतडीकी किशोरी भागरथीको शव बुझेर परिवारले आजै दाहसंस्कार गर्ने भएका छन् ।

    बिहीबार आरोपी दिनेश भट्टले बलात्कार आफैले गरेको स्वीकार गरेपछि परिवारले शव बुझेर दाहसंस्कार गर्न लागेका हुन् ।

    आरोपी भट्टले मंगलबार भागरथीको हत्या गरेपनि बलात्कार आरोप स्वीकार गरेका थिएनन् । बिहीबार दिनेशका बुबा, अनुसन्धान अधिकृत र सरकारी वकिल सामुको बयानमा उनले आफूले बलात्कारसमेत गरेको बयान दिएका थिए ।

    बलात्कार र हत्या दुवै आफैले गरेको स्वीकार गरेपछि भागरथीका परिवारले शव बुझेर दाहसंस्कार गर्न मानेको हो ।

    जिल्ला अस्पतालबाट बिहान १० बजे भागरथीको शव परिवारले बुझ्ने बताइएको छ । गोठलपानीमा ११ बजे उनको शवयात्रा पछि सेरास्थित महाकाली आर्यघाटमा आजै दाहसंस्कार गरिनेछ ।

    गत माघ २१ गते विद्यालयबाट घर जान हिडेँकी भागरथी साँझसम्म घर नफर्केपछि खोजतलास सुरु भएको थियो ।

    माघ २२ गते घर नजिकै रहेको स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामाउनको शव फेला परेको थियो।

    परिवार तथा आफन्तजनले अपराधी पत्ता लागेपछि मात्रै शव बुझ्ने भनेपछि १७ दिनपछि भागरथीको दाहसंस्कार गर्न लागिएको हो ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images