किशोरीलाई जबर्जस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षका आशिष चौधरीलाई किशोरीकी आमाले जबर्जस्ति करणी गरेको भनी दिएको उजुरीको आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख , प्रहरी निरीक्षक शंकर खडकाको नेतृत्वमा खटिएको टोलीले चौधरीलाई पक्राउ गरिएको जनाइएको छ । निज चौधरीलाई अदालतबाट ७ दिनको म्याद थप गरेर हिरासतमा राखी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । १५ वर्षीय किशोरीसँग सामाजिक सञ्जाल मार्फत लभ परेको थियो ।आफ्नै सानाे आमाकाे छाेरी र ठुलाे आमाकाे छाेराको सामाजिक सञ्जालमा लभ परेकाे सम्बन्ध थाहा नहुँदा बलात्कार पश्चात् प्रहरीमा आफन्तले जाहेरी दिएका थिए ।



