Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

डेगुं रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

डेगुं रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • समाचार
  • भाद्र ९, २०७९ बिहिवार १४:०८ बजे
  • 847
    SHARES
  • डेगुं रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    डेगुं रोग रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट सम्बन्धी अभिमुखीकरण गोष्ठी बिहीबार सम्पन्न भएको छ । लम्कीचुहा नगरपालिका स्वास्थ्य शाखा भल्का कैलालीको आयोजनामा उक्त कार्यक्रम भएको हो ।        Screenshot_20220825-140427_Gallery.jpg                                        पछिल्लो समयमा डेगुंका बिरामीहरू देखा पर्न थालेपछि सचेतना मुलक कार्यक्रम सुरु गरिएका छन् । लम्कीचुहा अस्पतालमा आज बिहीबारसम्मको रिपोर्ट अनुसार लम्कीचुहा नगरपालिकामा करिब ४७ जना डेगुंका बिरामी देखा परेका जनस्वास्थ्य निरीक्षक तप्त भण्डारीले जानकारी दिनु भएको छ । निजी अस्पतालको विवरण भने अपडेड गरिएको छैन् । लम्कीचुहा नगरपालिका वडा नं ३ मा डेगुंका बिरामी बढी देखा परिरहेका छन् । डेगुंका बिरामी देखा पर्न थालेपछि गाउँ गाउँमा लार्भा नष्ट अभियान सञ्चालन तथा वडामा समेत सञ्चालन भइरहेका छन् ।   वडा स्तरमा यस रोगको जांच गर्ने व्यवस्था समेत गरिएको जनस्वास्थ्य निरीक्षक भण्डारीले बताउनुभयो ।          Screenshot_20220825-140936_Gallery.jpg                                                               कार्यक्रममा लम्कीचुहाका स्वास्थ्य शाखाका प्रमुख जयन्ती बिसीले अघिल्लो वर्ष पनि डेगुंका बिरामी फेला परेका र यो वर्षपनि डेगुंका बिरामी देखा पर्न थालेपछि स्वास्थ्य शाखा नियन्त्रणमा निरन्तर लागिरहेको बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधि , स्वास्थ्यकर्मीहरू , सञ्चारकर्मीको सहभागीता रहेको थियो ।                                                                                      डेगुंको लक्षणहरूमा रुघाखोकी लाग्ने , ज्वरो आउने , हातखुट्टा दुख्ने , कमजोरी महसुस हुने लगायतका लक्षण रहेका छन् । विशेषगरी सरसफाइको कमीका कारण यसको लार्भा निस्किने भएकाले आफ्नो घर आगन सरसफाइ राख्नुपर्ने हुन्छ ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images