लम्की सांगीतिक महोत्सव २०७९ हुने भएको छ । शुक्रबार लम्कीमा पत्रकार सम्मेलनको आयोजना गरि यहीँ भाद्र ३० गतेदेखि असोज ९ गतेसम्म सञ्चालन हुने आयोजक समितिका संयोजक दिपक सुनारले जानकारी दिनुभयो । हाइवे मिडिया प्रालिद्वारा सञ्चालित लम्की एफएम ९२.१ मेगाहर्ज मोतिपुरको आयोजनामा महोत्सव हुने छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने तथा स्थानीय रहनसहन , पहिचान , कला संस्कृतिको संरक्षण , कृषि , पर्यटनको प्रचारप्रसार गरिने मुख्य उद्देश्य रहेको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । महोत्सवमा टिकटबाट उठेको रकमको ५ प्रतिशत रकम बर्दगोरिया गाउँपालिका वडा नं २ मा रहेको साहारा घरमा सहयोग गरिने लक्ष्य रहेको समेत आयोजकले जनाएको छ ।
राष्ट्रिय कलाकारहरू शिव परियार , खुमन अधिकारी , प्रकाश सपूत , चक्र बम , ज्योति मगर , एलिना चौहान , प्रिति आले , पुजा देवकोटा , ओम सुनार लगायतका कलाकारको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन् । स्टल बुकिङ समेत सुरु भइसकेकाले स्टल बुकिङका लागि सचिवालयमा सम्पर्क गर्न स्टल बुकिङ समितिका संयोजक कृष्ण थापा मगरले जानकारी दिनु भएको छ ।



