नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्र मिरा भाइन्दरले हिन्दु नारीहरुको महान चाड हरितालिका तीज कार्यक्रम अगस्ट ३० तारिखमा गर्ने भएको छ ।
चर्चित नायिका मनिषा कोइरालाको प्रमुख आतिथ्यमा कार्यक्रम हुने र सबैजनालाई उपस्थित भइदिन नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय सदस्य मीन बहादुर बोहरा ( एमबी ) ले जानकारी दिनु भएको छ ।
हलमा मदिरा सेवन गरी आउने दर्शकहरुलाई प्रवेश निषेध वा कार्यक्रम स्थलमा प्रवेश निषेध गरिएको छ ।
धुम्रपान र तमाखु गुटखा पनि हलमा सेवन गरेर वा बोकेर हल भित्र जान नपाईने आयोजकले जानकारी दिएका छन् ।



