Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेपाल बजार बिक्री प्रतिनिधि संघको दोस्रो अधिवेशन सम्पन्न , को-को भए पदाधिकारी

नेपाल बजार बिक्री प्रतिनिधि संघको दोस्रो अधिवेशन सम्पन्न , को-को भए पदाधिकारी

  • समाचार
  • भाद्र ११, २०७९ शनिवार २०:२७ बजे
  • 1.3K
    SHARES
  • नेपाल बजार बिक्री प्रतिनिधि संघको दोस्रो अधिवेशन सम्पन्न , को-को भए पदाधिकारी

    नेपाल बजार विक्री प्रतिनिधि संघ नाम्स इकाइको दोस्रो अधिवेशन शनिबार आमपानीमा सम्पन्न भएको छ । प्रदेश सदस्य बसन्त बिसीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुखमा नेपाल बजार विक्री प्रतिनिधि संघका केन्द्रीय सदस्य जनक ढकाल रहनु भएको थियो भने विशिष्ट अतिथिमा नेपाल बजार विक्री प्रतिनिधि संघका केन्द्lदस्य रमेश भट्ट रहनु भएको थियो ।        FB_IMG_1661611616805.jpg                                                    कार्यक्रममा अतिथिमा नेपाल बजार विक्री प्रतिनिधि संघका सुदुरपश्चिम प्रदेश सदस्य अन्टुलाल चौधरी , प्रदेश सदस्य केशव शर्मा , नेपाल बजार विक्री प्रतिनिधि संघ प्रदेश सदस्य देविराम जोशी रहेका थिए ।                                                        FB_IMG_1661611607904.jpg         कार्यक्रमको सञ्चालन हृदयराज संज्यालले गर्नु भएको थियो । कार्यक्रममा प्रदेश सदस्य केशव शर्मा स्वागत मन्तव्यले स्वागत गर्नु भएको थियो । कार्यक्रममा अन्टुलाल चौधरी , रमेश भट्ट , जनक ढकालले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि , अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । दोस्रो अधिवेशनले नयाँ कार्य समिति समेत चयन गरेको छ ।              IMG-20220827-WA0005.jpg                                            नया कार्य समितिको अध्यक्षमा महास्पाईसका नेशनल म्यानेजर सुशान्त न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा दुगड स्पाईस एण्ड फुड प्रोडक्ट प्रालि विराटनगरका सेल्स अफिसर हृदयराज सञ्ज्याल , सचिवमा रञ्जित चौधरी , अर्थ सचिव रुपेश केसी , अतिरिक्त उपसचिव राजकुमार चौधरी , सदस्यहरूमा प्रकाश शाह , हर्कबहादुर बिष्ट , शिवराज भण्डारी , महिला सदस्य लक्ष्मी ओली , सदस्यमा विवश बुढा , अशोक चौधरी , सुवास चौधरी , युवराज रिजाल , करण चौधरी , शेरबहादुर ओड सदस्यमा चयन भएका छन् ।                                      IMG-20220827-WA0003.jpg साथै उक्त कार्यक्रममा आमपानी पिकनिक स्पोर्ट् समेत सरसफाइ गरिएको उपाध्यक्ष हृदयराज सञ्ज्यालले जानकारी दिनु भएको छ । पहिलो बैठक लम्कीमा भाद्र १२ गते आइतबार लम्कीमा बस्ने र विविध निर्णय गर्ने बताइएको छ ।IMG-20220827-WA0002.jpg


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images