हरितालिका तिज विशेष दोस्रो एकल नृत्य प्रतियोगिता तथा शुभकामना आदान-प्रदान कार्यक्रम लम्कीमा शनिबार सम्पन्न भएको छ ।
युथ लिर्डरसीप कर्नर र गल्स पावर लम्कीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । युथ लिर्डरसीप कर्नरका अध्यक्ष कृष्ण बहादुर बटालाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथिमा लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाही रहनु भएको थियो भने विशिष्ट अतिथिमा लम्कीचुहाका उप प्रमुख जुना चौधरी रहनु भएको थियो ।
कार्यक्रममा एकल नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले युथ लिर्डर सीप कर्नरले व्यक्तित्व विकास र क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भुमिका खेलेको बताएका थिए । हिन्दु नारीहरूको महान पर्व हरितालिका तिजको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।
आगामी दिनहरूमा समेत रचनात्मक कार्यक्रम गरि युवा युवतीलाई सही मार्गमा डोर्याउन यस युथ लिर्डर सीप कर्नरले निरन्तर कार्यक्रम गर्ने अध्यक्ष कृष्ण बटालाले जानकारी दिनुभएको छ ।



