✍️ चन्द्र प्रसाद खनाल
आत्मनिर्भरताको लागि राष्ट्रिय अर्थतन्त्र राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधिकरण नेपाल उद्योग व्यापार महासंघ सुदुरपश्चिम प्रदेशको प्रथम प्रदेश भेला तथा अधिवेशन कैलालीको टीकापुरमा उद्घाटन सत्र सम्पन्न भएको छ । नेपाल उद्योग व्यापार महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष टिकाराम जैसीको अध्यक्षमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष श्याम पाठक रहनु भएको थियो । विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा उद्योग विभाग प्रमुख गंगा कार्की रहनु भएको थियो ।
कार्यक्रममा अतिथिमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज भट्टराई , केन्द्रीय सदस्य हरि ज्ञवाली (अखण्ड ) केन्द्रीय सदस्य तिलक परियार , नेकपा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरी (उत्सव )प्रदेश उपाध्यक्ष तथा प्रदेश सांसद अक्कल रावल लगायतका अतिथि रहनु भएको थियो । नेपाल उद्योग व्यापार महासंघका पुर्व केन्द्रीय सदस्य गोपिराम जैसीले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाही , व्यावसायी रुपक सुनार , व्यावसायी गोपाल परियार , फुल व्यावसायी सिताराम चौधरी , शिक्षा क्षेत्रमा योगदान गर्ने क्षेत्र दर्लामी मगर , साहारा घरका सञ्चालक बलबहादुर बिष्ट सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुवर , उद्योगी मनिष बलायर , उद्योगी मुकेश बहादुर बम , सामाजिक व्यक्तित्व स्वर्गीय ज्योति प्रसाद चौधरी , नर्सरी उद्योगबाट विश्राम कुस्मी व्यावसायी नवराज जैसी , आकाशगंगा वेभरेजका प्रमुख ओम नारायण महतो , उद्योगी नवराज भट्टराई , शिक्षा क्षेत्रबाट हर्क भण्डारी , शिक्षा क्षेत्रबाट श्रवण कुमार चौधरी , शिक्षा क्षेत्रमा धर्मराज शर्मा लगायतका व्यक्तित्व सम्मानित भएका थिए ।
कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष श्याम पाठकले नेपाल उद्योग व्यापार महासंघ पहिले धुर्वीकरण भएपनि माओवादी पार्टीले दिएको निर्देशन अनुसार अगाडि बढेको बताउनुभयो । पहिले यस संगठनमा उद्योगलाई मात्रै समेट्ने भनितापनि अब सम्पूर्ण व्यावसायीलाई समेटिएको बताउनुभयो । पाठकले अबको मुख्य लक्ष्य राष्ट्रिय उत्पादनलाई बढाउनु पर्ने बताए । समग्रमा सुदुरपश्चिमको विकासका लागि सबै व्यावसायिी लाग्नुपर्ने र यसको लागि नेकपा माओवादी केन्द्रले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो ।
\ कार्यक्रम सुदुरपश्चिम प्रदेश अध्यक्ष जैशीले अबका दिनहरूमा यो संगठनले फराकिलो भएर काम गर्ने बताउनुभयो । देशको अर्थतन्त्रलाई उकास्न उद्योग धन्दा , कलकारखाना , व्यापार व्यावसायलाई बढाउनुपर्ने बताउनुभयो । नेपालले विद्युत , सिमेन्ट बेच्न थालिसकेको बताउदै जैशीले अब अन्य सामानहरू निर्यात गर्नका लागि प्रयास गर्नुपर्ने बताउनुभयो । अब सुदुरपश्चिम प्रदेशमा उत्पादन भएका भएका सामाग्रीहरू समेत विदेशमा निर्यात गरि अर्थतन्त्रलाई थप बलियो बनाउनुपर्ने बताउनुभयो । नेपालको कर प्रणाली अत्यन्तै धेरै भएको बताउदै कर घटाउन र लगानीको वातावरण सृजना गर्नुपर्नेमा जोड दिनुभयो । अधिवेशनले नयाँ कार्य समिति चयन गर्नेछ ।



