Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

प्रदेशसभा समानुपातिकमा युवा नेता टेक बहादुर नाम्जाली मगरको नाम सिफारिस

प्रदेशसभा समानुपातिकमा युवा नेता टेक बहादुर नाम्जाली मगरको नाम सिफारिस

  • समाचार
  • भाद्र १८, २०७९ शनिवार ०७:२१ बजे
  • 3.8K
    SHARES
  • प्रदेशसभा समानुपातिकमा युवा नेता टेक बहादुर नाम्जाली मगरको नाम सिफारिस

    आगामी मंसिर ४ मा हुने संघीय तथा प्रदेश निर्वाचन–२०७९ का लागि कैलाली जिल्ला क्षेत्र नं. २ (क) प्रदेश सभा समितिबाट नेपाली कांग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय सदस्य तथा युवा नेता टेकबहादुर नामजालीमगरको नाम सिफारिस भएको छ । नेपाल लोकतान्त्रिक पार्टी (फोरम)को केन्द्रीय सदस्य भईसकेका टेकबहादुर नामजालीमगर उहाँ आबद्ध नेपाल लोकतान्त्रिक पार्टी (फोरम) नेपाली कांग्रेस पार्टीमा समायोजन हुँदा नाम्जाली महाधिवेशन प्रतिनिधिको हैसियतमा समायोजन भएका थिए ।

    पार्टी समायोजन भईसकेपछि तत्कालिन पार्टीको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट सुदूरपश्चिमबाट सर्वसम्मत् रुपमा केन्द्रीय सदस्यको रुपमा निर्वाचित भए । पार्टीले भातृ संगठनको केन्द्रीय सदस्यको जिम्मेवारी दिएपछि सातवटै प्रदेशमा संगठन विस्तारमा देश दौडाहकै रुपमा हिडे ।      received_1086982135278218.jpeg अहिले नाम्जाली तेस्रो जनसंख्या बोकेको मगर समुदायको साझा संगठन नेपाल मगर संघको केन्द्रीय महासचिवमा सर्वसम्मत् निर्वाचित भई जिम्मेवारी समालिरहेका छन् । संगठनको लागि होलटाईमर कै रुपमा काम गर्ने बानी भएका नामजाली मगर प्रविधिमा पनि त्यत्तिकै अगाडि छन् । पार्टीको गतिविधिहरुलाई सम्प्रेषण गर्न काग्रेस डायरी नामक फेसबुक पेज चलाएर पार्टीको गतिविधिलाई आम जनतासामु पु¥याउने काम गरिरहेका छन् । प्रदेश समानुपातिक उम्मेदवारको लागि आफुनो मापदण्ड पुगेकोले आफूले दावी गरेको भन्दै पार्टीले उक्त जिम्मेवारी प्रदान गरे देश र जनताका लागि ईमान्दारपूर्वक काम गर्ने उनले बताए ।                                               

    कैलाली क्षेत्र नं २ मा हुने नेपाली कांग्रेसका हरेक गतिविधिमा संग्लन भई कार्यक्रमलाई सफलता दिलाउने काममा सधैं अग्रसर रहने नाम्जाली नै रहेको पार्टीका नेता तथा कार्यकर्ताले बताउने गरेका छन् । पार्टीले उत्कृष्ट किसानलाई सम्मान , नेपाल तरुण दलको कार्यक्रम , टोल समिति गठन देखि लिएर पार्टीका हरेक गतिविधिमा संक्रिय भएर लाग्ने युवा नेता टेकबहादुर नाम्जाली मगर कुशल प्रशिक्षक समेत हुन ।      received_794221695030310.jpeg अध्ययनशील , लगनशील , मेहनती , इमानदार , कर्तव्यनिष्ठ नाम्जाली पार्टीका हरेक विषयवस्तु जनतामाझ बुझाउन सक्ने युवा नेताका रुपमा चिनिने गरेका छन् । प्रदेशसभा समानुपातिकमा नाम्जाली मगरलाई टिकट दिएमा पार्टीको जित सुनिश्चित हुने कार्यकर्ताको बुझाई छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images