कैलाली क्षेत्र नं २ को प्रदेशसभा क बाट समानुपातिकमा नेपाली कांग्रेसका नेता तथा समाजसेवी खडानन्द सापकोटा सिफारिस हुनु भएको छ । लामो समयदेखि सामाजिक क्षेत्रमा योगदान तथा विभिन्न संघसंस्थामा सफल नेतृत्व गर्नु भएका सापकोटा समानुपातिक सांसदमा सिफारिस हुनु भएको हो । व्यावसाय क्षेत्रमा समेत आबद्ध सापकोटा पछिल्लो समय नेपाली कांग्रेसमा धेरै सक्रियतापुर्व काम गर्नुका साथै संगठन निर्माण र अप्ठ्यारोमा परेकाहरूलाई साथ सहयोग तथा हौसला प्रदान गर्ने गरेका छन् ।
विं.स.२०४६ साल फागुन ७ गते राजतन्त्रको बिरुद्ध बहुदलिय व्यवस्था ल्याउनको निम्ति नेपाली कांग्रेसका लौह पुरुष गणेशमान सिंह कमान्डर भएको आन्दोलनमा कैलाली जिल्लाको कटासे बजारमा कांग्रेसको झन्डा सहित नाराजुलुश को प्रतिनिधित्व आफैले गरेका र कार्यक्रम स्थलबाटै पक्राउ परि थुनामा रहनु भएको थियो । बहुदलीय ब्यबस्था घोषणा भएपछी छुटेका र पार्टीले काटासे बजार तथा पथरियागाउँ विकास समिति वन सुरक्षा समितिको संयोजकको जिम्मेवारी दिइएको थियो ।
लम्की बजारमा किसान बहुउद्देश्यीय सहाकारी संस्था स्थापना , लम्की जेसिजको संस्थापक उपाध्यक्ष ,अध्यक्ष लायन्सको संस्थापक , उधोग वाणिज्य संघ , धार्मिक संस्था रेडक्रस लगायत करिब २०/ २२ संस्थामा आवद्ध भई सफलतापुर्व नेतृत्व गरिसक्नु भएको छ । १८ वटा अन्तर्राष्ट्रिय देशको भ्रमण , पार्टीको हरेक कार्यक्रममा २०४६ साल देखि हालसम्म कुनै पनि पदीय जिम्मेवारी नलिएर , नेपाली कांग्रेस पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक दायाँबायाँ नगरी कार्य सम्पादन गर्दै आउनु भएका सापकोटालाई पार्टीले समानुपातिक उम्मेदवारी दिएमा संघ र प्रदेशको चुनाव पार्टीका उम्मेदवारले जित्ने कार्यकर्ता तथा आम मतदाताको बुझाइ रहेको छ ।
पहिल्यैदेखि मेहनती , इमानदार , कर्तव्यनिष्ठ , लगनशील , अनुशासित व्यक्तिका रुपमा परिचित समाजसेवी तथा कांग्रेस नेता सापकोटा कैलाशधाम तिर्थ स्थलको संयोजक , पतञ्जली योग समिति तथा योग गुरु , महायज्ञ , मेला , महोत्सव ,धार्मिक महोत्सवरूमा महत्त्वपूर्ण जिम्मेवारी दिएर सफलताका साथ सम्पन्न गर्ने व्यक्तिका रुपमा परिचित हुनुहुन्छ ।
कोरोना कालमा सबैजना घरभित्र बसिरहेका र नेताहरू कुनै पनि बाहिर ननिस्केको समयमा क्षेत्र नं २ हरेक क्वारेन्टाइनमा गएर कोराना प्रभावित तथा क्वारेन्टाइनमा बसेकाहरूको हौसला बढाउनुका साथै उनीहरूको साथमा रहेर सबैको मन समेत जित्नु भएको थियो ।
हरेक कामहरू इमानदारीपूर्वक र पारदर्शी गर्नुपर्छ भन्ने सापकोटाको मुख्य लक्ष्य रहेको छ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू तथा मतदाताहरू अहिले हरेक ठाउँमा समाजसेवी तथा नेता खडानन्द सापकोटालाई पार्टीले टिकट दिएमा चुनाव जित्न सहज हुने बताउने गरेका छन् ।



