Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेपाली कांग्रेसका नेता टोप बहादुर थापा मगर लुम्बिनी प्रदेश समानुपातिकमा सिफारिस

नेपाली कांग्रेसका नेता टोप बहादुर थापा मगर लुम्बिनी प्रदेश समानुपातिकमा सिफारिस

  • समाचार
  • भाद्र १८, २०७९ शनिवार १५:५० बजे
  • 2.6K
    SHARES
  • नेपाली कांग्रेसका नेता टोप बहादुर थापा मगर लुम्बिनी प्रदेश समानुपातिकमा सिफारिस

    नेपाली काङ्ग्रेस बर्दियाका पुर्व महासमिती सदस्य तथा नेपाल लोकतन्त्रबादी आदिवासी जनजाति महासङ्गको केन्द्रीय सदस्य टोप बहादुर थापा मगर बर्दिया जिल्लाबाट प्रदेश समानुपातिकमा सिफारिस हुनुभएको छ । बर्दियाको क्षेत्र नं १ क र ख दुबै प्रदेससभामा सिफारिस हुनु भएको हो । उहाँ पार्टीको प्रत्येक गतिविधिमा सक्रियभई लागिपर्नुहुने र प्रष्ट वक्ता तथा पार्टीका नेता कार्यकर्ताहरुलाई आफ्नो व्यवहार र बोलिबाट सधै आकर्षित गर्न सक्ने नेताको रुपमा चिनिनुहुन्छ ।

    उहाँ तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको सह- महामन्त्री हुनुहुन्थ्यो , नेपाली काङ्ग्रेससङ्ग पार्टी समायोजन पश्चात् पार्टीको महासमिति सदस्यको भुमिकामा रहनुभयो भने हाल नेपाल लोकतन्त्रबादी आदिवासी जनजाति महासङ्गको केन्द्रिय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ ।add.jpeg

    नेपाली कांग्रेसका नेता टोपबहादुर थापा मगर बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा न ७ रम्भापुर निवासी हुनुहुन्छ । इमानदार , लगनशील , मेहनती , कर्तव्यनिष्ठ तथा सधैं सामाजिक गतिविधिमा सक्रिय नेता थापा मगर पार्टीले समानुपातिकमा टिकट दिएमा चुनाव जित्न सहज हुने नेता तथा कार्यकर्ताहरूले बताउने गरेका छन् ।

    नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू तथा मतदाताहरू अहिले हरेक ठाउँमा समाजसेवी तथा कांग्रेस नेता टोपबहादुर थापा मगरलाई पार्टीले टिकट दिएमा चुनाव जित्न सहज हुने बताउने गरेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images