आगामी मंसिर ४ मा हुने संघीय तथा प्रदेश निर्वाचन–२०७९ का लागि कैलाली जिल्ला क्षेत्र नं. २ मा प्रतिनिधि सभाका सदस्यका लागि नेपाली कांग्रेसका युवा नेता कृष्ण पाण्डेको नाम सिफारिस भएको छ । लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध रहेर काम गरेका पाण्डेको नाम संघीय सांसदका लागि सिफारिस भएको हो । 
विद्यार्थी जीवनबाट राजनीति सुरुवात गरेका पाण्डे सरस्वती मावि प्रतापपुरबाट नेपाल विद्यार्थी संघमा आबद्ध भई उच्च मावि , काठमाडौंको शंकरदेव क्याम्पस र त्रिचन्द्र क्याम्पसमा समेत विद्यार्थी राजनीति गर्नु भएको हो । पाण्डेले स्नातकोत्तर उत्तीर्ण गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रीय सदस्य समेत भइ सकेका युवा नेता पाण्डे ट्रेड युनियन कांग्रेसको राजनीति गर्दैगर्दा श्रमजीवीको अधिकारको लागि निरन्तर आवाज समेत उठाउनु भएको भएको हो । 
११ /१२औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि ,१३ औं महाधिवेशनमा जिल्ला कार्य समिति सदस्य , १४ महाधिवेशनमा कैलाली जिल्ला कार्य समितिको सहसचिवमा उप विजेता , जिल्ला प्रशिक्षक भइसक्नु भएका पाण्डे वडा तहदेखि लिएर।मोहन्याल गाउँ पालिकामा समेत संगठन निर्माण गरेका थिए । कैलाली क्षेत्र नं २ का प्रत्येक वडा तथा टोलमा पुगेर संगठन निर्माण गरेका छन् । कुनै पनि क्रियाशील सदस्य नभएका ठाउँमा क्रियाशील दिलाउने देखि लिएर पार्टीमा आबद्ध गर्न निरन्तर लागेका थिए । पार्टीले सही निर्णय नगरेका कारण पछिल्लो समयमा स्वतन्त्रले जितेको उदाहरण दिदै युवा नेता पाण्डेले मतदाताहरू परिवर्तनको पक्षमा रहेको बताउँछन् ।
युवा नेता पाण्डेले आफ्नो उम्मेदवारी परिवर्तनको पक्षमा रहेको र युवादेखि हरेक मतदाताले परिवर्तन चाहेकाले जित्ने आधार समेत भएको बताए । पुराना अनुहारहरूलाई जनताले अथवा मतदाताहरूले नचाहेका कारण पनि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । विगतमा चुनावको समयमा अन्तर्घात गरेर पत्र घर घरमा थम्याउने प्रवृत्तिका विरुद्ध समेत आफ्नो उम्मेदवार रहेको पाण्डेको दाबी छ । स्पष्ट वक्ता , कुनै डर त्रास , लोभ लालचमा नपर्ने , अध्ययनशील , लगनशील , मेहनती , कर्तव्यनिष्ठ पाण्डे हरेक ठाउँमा आफ्नो विचार स्पष्ट राख्न सक्ने नेता भएको कार्यकर्ताले बताउन थालेका छन् ।
स्पष्ट विचार भएका युवा नेता पाण्डे कैलाली क्षेत्र नं २ मा संघीय सांसदमा निर्वाचित भएमा विकास निर्माणको खाका समेत आफुसँग भएको र विकास निर्माण कार्यले गति लिने बताए । आफ्नो उम्मेदवारी कसैको विरुद्वमा नभई विकल्पमा भएको र जनताले परिवर्तन चाहेकाले आफ्नो उम्मेदवारी भएको बताएका छन ।युवा नेता पाण्डेलाई नेपाली कांग्रेस पार्टीले संघीय सांसदको टिकट दिएमा जित्ने उम्मेदवार भएको कार्यकर्ता तथा मतदाताहरूको भनाइ रहेको छ ।



