हालै सम्पन्न स्थानीय चुनावमा कैलाली जिल्लामा चार पालिका जितेर हाैसिएकाे नागरिक उन्मुक्ति पार्टिबाट उम्मेदवारी दिनेहरूकाे चर्चा सुरु हुन थालेको छ । कैलाली क्षेत्र नं २ को संघ र प्रदेशसभाका उम्मेदवार को हुने भन्ने चर्चा परिचर्चा हुन थालेको छ ।
कैलाली क्षेत्र नं २ को प्रतिनिधि सभाको उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम संगठन विभाग प्रमुख अरुण कुमार चौधरीको टिकट निश्चित नै भएको पार्टीका नेता तथा कार्यकर्ताले बताउने गरेका छन् ।
यसैबीच प्रदेश क र ख का उम्मेदवार को हुने भन्ने कुनै टुंगो लागेको छैन् । तरपनि आकलन गर्न थालिएको छ । प्रदेश क बाट नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य नेत्र प्रसाद जोशी , केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेशका प्रवक्ता भक्त बहादुर चलाउने र भर्खरै प्रवेश गरेका प्रदेश सांसद रतन थापाको चर्चा हुन थालेको छ । पार्टीले थापालाई केन्द्रीय महामन्त्रीको जिम्मेवारी दिएकाले टिकट पाउने बलियो उम्मेदवारका रुपमा चर्चा हुन थालेको छ । जोशी र चलाउने केन्द्रीय सदस्य भएर पार्टीमा काम गरिरहेका छन् ।
यसैबीच कैलाली क्षेत्र नं २ प्रदेश ख मा समेत उम्मेदवारको चर्चा परिचर्चा हुन थालेको छ । प्रदेश ख बाट नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता प्रमोद मल्ल र पार्टीका केन्द्रीय सदस्य सन्त कुमार थारुको चर्चा हुन थालेको छ । प्रदेश ख मा बर्दगाेरिया गाउपालिकाका ६ वडा संगै लम्कीचुहा नगरपालिकाका चार वडा र माेहन्याल गाउपालिकाका चार वटा वडा समेत गरेर १४ वडा रहेका छन । बर्दगोरियामा रहेर बिगत लामो समय देखि सामाजिक , शैक्षिक एबम खेल क्षेत्रमा क्रियासिल रहेका बर्दगाेरिया गाउपालिका वडा नम्बर २ घर भएका प्रमाेद मल्ल नै सबैभन्दा बलियो उम्मेदवार रहेको मतदाताहरूको भनाइ रहेको छ ।
पलपल अनलाइन मिडिया तथा कर्णाली भिउज डटकमले तपाईंको जित्ने आधार के हो भनेर प्रश्न गर्दा मल्लले आफू बिगत लामाे समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेतापनि अहिलेसम्म कुनैपनि लाभकाे पदमा नबसेकाले आफ्नो ससक्त दाबी रहने बताउनुभयो । मल्लले आफ्नो व्यत्तिगत छवि र पार्टीको बलियो संगठन आफुले जित्ने आधार रहेको कुरा समेत व्यत्त गर्नुभयो ।
मल्ल यस क्षेत्रमा एक स्वच्छ छवि भएको व्यक्तिका रुपमा परिचित समेत छन् । मल्लले गर्ने व्यवहारले बर्दगाेरिया युवाहरु सधैं उनको पक्षमा रहदै आएका छन् । मल्ल यस क्षेत्रका लागि एक परिचित अनुहार समेत हुन । मल्ल बिगत लामाे समय देखि शिक्षण पेशामा आबद्ध समेत रहेका छन् । बालबाटिका क्रिकेट लिगको आयोजना देखि लिएर हरेक सृजनात्मक काममा मल्ल सधैं अग्रसर हुने गरेका छन् ।
युवा देखि हरेक मतदाताले मल्लले टिकट पाएमा जित सुनिश्चित हुने पनि बताउने गरेका छन् । पछिल्लो समय नागरिक उन्मुक्ति पार्टी एक बलियो पार्टीका रुपमा समग्र कैलाली जिल्लामा प्रस्तुत हुदै आईरहेकाे छ । जिल्लामा विभिन्न दल परित्याग गरि नागरिक उन्मुक्ति पार्टिमा प्रवेश गर्ने लहर देखिनुले समेत मंसिर ४ गते हुने निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीलाई कैलाली जिल्लामा हाल कायम रहेका राष्ट्रिय पार्टिहरुसंगकाे मुख्य प्रतिस्पर्धिकाे रुपमा हेरिन थालेको छ ।



