Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

पत्रकार शाही प्रतिनिधिसभा समानुपातिकमा सिफारिस

पत्रकार शाही प्रतिनिधिसभा समानुपातिकमा सिफारिस

  • समाचार
  • भाद्र २३, २०७९ बिहिवार १६:३६ बजे
  • 2.6K
    SHARES
  • पत्रकार शाही प्रतिनिधिसभा समानुपातिकमा सिफारिस
    • कर्णाली भ्यूज

    आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट प्रतिनिधि सभा समानुपातिकमा प्रेस चौतारी नेपालका केन्द्रिय लेखा आयोग सदस्य लिलाराज शाहीलाइ सिफारिस गरिएको छ । पार्टी निर्माण कार्यमा शाहीको योगदान महत्त्वपूर्ण रहेको छ । 

     पत्रकार शाही वि.सं २०४७ साल जेष्ठ २ गते नेकपा एमालेको साधारण सदस्यता प्राप्त गरेका शाही बिगत ३३ बर्ष देखि निरन्तर पार्टीमा सक्रिय हुनुहुन्छ । ५० वर्षका शाहीले साबिक सुगरखाल गाबिसको वडा नम्बर ६ को वडा कमिटी र गाउँ कमिटी सदस्य भएर पार्टीको संगठन बिस्तार गर्नु भएको थियो। वि.सं २०५५ सालदेखि संगठित सदस्य शाही २०६२/०६३ सालमा साबिक चुहागाउँ कमिटीको सदस्य हुदै २०६३ सालमा कार्यवाहक गाउँकमिटी सचिवको जिम्मेवारीमा रहि पार्टीको संगठन बिस्तार गर्नु भएको थियो।                                                         

     शाहीले २०५५/०५६ मा सुनपाल प्राथमिक विद्यालय मोहन्याल ३ सावा र २०५८/०५९ मा सरस्वती प्राथमिक बिद्यालय मोहन्याल ६ सेतिखोर र २०६२ देखि २०७१ सम्म कृष्ण आधारभुत विद्यालय लम्कीचुहा ६ बाघमारा कैलालीमा शिक्षण पेशामा आवद्ध हुनु भएको थियो । २०६२ सालबाट पत्रकारीता क्षेत्रमा आबद्ध भएपछि २०६४ सालमा प्रेस चौतारीको साधारण सदस्यबाट जिल्ला कमिटी सदस्य ,२०६७ मा जिल्ला कमिटी सचिव , २०६८ मा सेती अञ्चल समन्वय समिति सदस्य प्रदेश कमिटी सदस्य ,केन्द्रिय सदस्य र हाल केन्द्रिय लेखा आयोग सदस्य हुनुहुन्छ।                                             

    हाल कोसेली एफएम ९७. मेगाहर्ज बर्दगोरिया २ सडकपुर बौनियाको प्रबन्धनिर्देशक शाही नेपाल पत्रकार महासंघ कैलाली शाखा कार्यसमिति सदस्य , नेपाल पत्रकार महासंघको प्रदेश सभासद र बौनिया जेसीजको संस्थापक अध्यक्ष समेत हुन् । बिगत डेढ दशक देखि मर्यादित पत्रकारिता गर्दै आउनु भएका शाहीको समाज परिवर्तन र पार्टी र संघसंगठन बिस्तारमा अतुलनीय योगदान रहेको छ।                                                   

    शाहीले समाज र पार्टीको संघसंगठन बिस्तारमा पुर्‍याउनु भएको योगदानको कदर गर्दै जिल्ला कमिटी कैलालीले प्रतिनिधिसभा तर्फ समानुपातिकमा केन्द्रिय कमिटीलाई सिफारिस गरिएको जिल्ला कमिटी सचिव डेजि पाण्डले बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images