Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

युवा नेता जैसी प्रदेश समानुपातिकमा सिफारिस

युवा नेता जैसी प्रदेश समानुपातिकमा सिफारिस

  • समाचार
  • भाद्र २४, २०७९ शुक्रवार २१:४१ बजे
  • 1.5K
    SHARES
  • युवा नेता जैसी प्रदेश समानुपातिकमा सिफारिस

    नेकपा माओवादी केन्द्रका तर्फबाट प्रदेश समानुपातिकमा युवा नेता सुरेन्द्र जैसीको नाम सिफारिस भएको छ । कैलाली क्षेत्र नं २ प्रदेशसभा क बाट समानुपातिक उम्मेदवारमा जैसीको नाम सिफारिस गरिएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।                                             

    विद्यार्थी राजनीतिबाट राजनीति सुरुवात गरेका जैसीले पार्टीको संगठन विस्तारदेखि गाउँ , टोलसम्म पुगेर पार्टीका गतिविधिका बारेमा जनता तथा मतदाता समक्ष जानकारी गराएका छन् । युवाहरू माझ लोकप्रिय तथा मोहन्यालमा बसेर हरेक मोहोन्याली जनताको सुखदुःखमा साथ दिने जैसी सामाजिक काममा समेत सक्रिय छन् ।                                           

    विकास निर्माणका कामहरू हुनुपर्छ भनेर निरन्तर आवाज उठाउने जैसी जनताको हकहितका लागि निरन्तर लागिरहेका छन् । नेकपा माओवादी केन्द्र मोहन्याल गाउँकमिटी सचिव तथा जिल्ला समन्वय सदस्य , वाइसीएल मोहन्याल कमिटी अध्यक्षको रुपमा पार्टीमा काम गरिरहनु भएको छ ।                   जैसी यस क्षेत्रमा एक स्वच्छ छवि भएको व्यक्तिका रुपमा परिचित समेत छन् । जैसीले गर्ने व्यवहारले मोहन्यालका युवाहरु सधैं उनको पक्षमा रहदै आएका छन् । जैसी यस क्षेत्रका लागि एक परिचित अनुहार समेत हुन ।                                       

    प्रदेशसभा क बाट समानुपातिकमा टिकट पाएमा युवा देखि हरेक मतदाताले युवा नेता सुरेन्द्र जैसीका कारण प्रत्यक्ष तर्फका उम्मेदवारको जित सुनिश्चित हुने पनि बताउने गरेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images