Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

प्रदेशसभा समानुपातिकमा महिला नेतृ बिसीको नाम सिफारिस

प्रदेशसभा समानुपातिकमा महिला नेतृ बिसीको नाम सिफारिस

  • समाचार
  • भाद्र २५, २०७९ शनिवार १७:४३ बजे
  • 1.1K
    SHARES
  • प्रदेशसभा समानुपातिकमा महिला नेतृ बिसीको नाम सिफारिस

    नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम महिला नेतृ बिस्ना कुमारी बिसी (सपना)को नाम (नेकपा माओवादी केन्द्रले)ले समानुपातिक प्रदेशसभा सदस्यको लागि सिफारिस गरेको छ । भदौ २३ गते लम्कीमा बसेको पार्टीको बैठकले कैलाली क्षेत्र नम्बर २ (ख) बाट दलित महिलाको कोटाबाट बिसीको नाम सिफारिस गरेको हो ।    received_1911980009193413.jpeg 

    दलित मुक्ति मोर्चा सुदूरपश्चिम संयोजक बिनिता विश्वकर्माले कैलाली बाट दलित महिलाको कोटाबाट बिसीको नाम सिफारिस गरिएको बताइन् । उनले भनिन् “ अन्तरजातीय विवाह गरेर परिवर्तनका पक्षमा अभिएकी बिसीले निरन्तर पार्टी निमार्णमा जनताको बीचमा गएर गरेको कामको मूल्यांकन गरि नाम सिफारिस गरिएको हो ।” बिसीको नाम अखिल क्रान्तिकारी महिला संघ सुदूरपश्चिम प्रदेश कमिटीले पनि दलित महिला कोटा बाट सिफारिस गरेको छ । २०५८ सालदेखि जनयुद्धमा भूमिगत भएर अहिलेसम्म निरन्तर पार्टी संगठन निमार्ण र विस्तारमा लागेकी बिसीको राजनीतीक योगदानको सही मूल्यांकन गरिएको पार्टीले बताएको छ ।   कलिलै उमेरमा स्कूल पढ्न छोडेर जनयुद्धमा होमिएकी बिसीले जनयुद्ध देखि अहिलेसम्म जनताको पक्षमा जनवादी गीत गाउँदै जनता जगाउने काम गरेको जनकलाकार एमबी सर्वहाराले बताए ।                  received_1190407231515727.jpeg    महिला नेतृका साथै जनयुद्धका महिला नेतृ बिसीको नाम सिफरिस गरेर पार्टीले सम्मान गरेको छ । दलित महिला कोटाबाट बिसीको नाम सिफारिस भएकोले पार्टीले आधिकारिक उम्मेदवारको रुपमा अगाडी सारेमात्र न्यायोचित हुने सर्वहारा बताउछन् । मलाइ विश्वास छ पार्टीले परिवर्तनलाइ आत्मसाथ गर्दै सही निर्णय गर्नेछ । तत्कालीन अछाम भैरवस्थान थालपाटा घर भएकी बिसीले परिवारबाटै पहिलो विद्रोह गरेकि थिईन । नेपाली कांग्रेसबाट सक्रिय राजनीति पृष्ठभूमी भएको परिवारबाट उनले जनयुद्धको बाटो रोजिन र माओवादी बनिन् । विद्यार्थी संगठनबाट पार्टी प्रवेश गरेकी बिसीले बिशु सांस्कृतिक परिवारमा जनकलाकारको भूमिकामा रहेर काम गरिन् ।                                                                         

    सामाजिक विभेदका विरुद्ध बिसीले दोस्रो विद्रोह गरिन् । परिवारले रोक्न खोज्दाखोज्दै पनि कैलाली लम्कीचुहामा बस्ने पत्रकार तथा मानवअधिकारकर्मी धनराज बिक संग २०६५ सालमा अन्तरजातीय विवाह गरिन । बिसीले दलितसंग विवाह गरेर सामाजिक परिवर्तनको सुरुवात आफैबाट गरिन । विवाह पछि अछामबाट पार्टी जिल्ला सदस्यको सरुवा गरेर कैलाली बाट उनले सक्रिय राजनीतिक गर्दै आएकी छन् । आमाको मृत्यु भएर यतिबेला म अछाममा छु । भदौ २३ गतेनै आमाको अन्तिम दाहसंस्कार भयो । २३ गते नै पार्टीले मेरो नाम समानुपातिकमा सिफारिस गरेको थाहा पाए । उनने भनिन् –“ म पार्टीको बैठकमा नभएको बेलामा पनि मेरो योगदानको मूल्याांकन गरेर नाम सिफारिस गर्ने पार्टी र नेता गणलाई धन्यवाद् ।” मलाई विश्वास छ दलित महिला कोटाबाट म मात्र सिफारिस भएकोले पार्टीले मलाई नै उम्मेदवार बनाउने निर्णय गर्नेछ । बीचमा पार्टी राजनीतिमा विभिन्न खाले उत्तरचडाब आउदा पार्टी विरुद्धमा बोल्नेहरुनै पहुँचमा रहेको देखिन्छ ।                                                                                 

     जस्तोसुकै परिस्थितिमा पनि मैले जनयुद्ध र संस्थापन पक्षको मार्ग छोडिनन् । असल पार्टी कार्यकर्ता भएर जनयुद्धबाट प्राप्त शासन व्यवस्थालाई लाई संस्थागत गर्न सधैं लागि पर्ने बताउदै पार्टी अध्यक्ष प्रचण्डले पहुँचवाला र हेडक्वाटरका वरिपरि घुम्नेले नभई जनता र पार्टी कार्यकर्ताको साथमा घुम्ने र काम गर्नेले टिकट पाउने बताए पछि ईमानदार कार्यकर्ता माथि थप न्याय हुने आशा जागेको बिसी बताउछन् ।                                   

        पार्टी वडा अध्यक्ष हुँदै अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला कोषध्यक्ष, तत्कालीन समयमा सेतीमहाकाली लेखक संघ सदस्य, क्रान्तिकारी पत्रकार महासंघ सदस्य र वडा नागरिक मञ्चको संयोजक समेत भएर बिसीले काम गरिसकेकी छन् ।

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • # प्रचण्ड

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images