Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेकपा माओवादी समाजवादी पार्टीले क्षेत्र नं २ मा समानुपातिकको सुची सार्वजनिक

नेकपा माओवादी समाजवादी पार्टीले क्षेत्र नं २ मा समानुपातिकको सुची सार्वजनिक

  • समाचार
  • भाद्र ३०, २०७९ बिहिवार १६:३२ बजे
  • 640
    SHARES
  • नेकपा माओवादी समाजवादी पार्टीले क्षेत्र नं २ मा समानुपातिकको सुची सार्वजनिक

    नेकपा माओवादी समाजवादी पार्टीले लम्की कैलालीमा पत्रकार सम्मेलनको आयोजना गरी वर्तमान राजनीतिक परिस्थिति सम्बन्धी जानकारी दिइएको छ । संघ र प्रदेशका उम्मेदवारहरूको समेत नामावली सार्वजनिक गरिएको छ ।                                                                               

    समानुपातिक संघीय तर्फ कैलाली निर्वाचन क्षेत्र नं २ बाट रंगनाथ ढकाललाई सिफारिस गरिएको छ । भने कैलाली जिल्ला क्षेत्र नं २ प्रदेश क मा टीकाराम जैसी , हिरा प्रसाद देवकोटा , मंगल साउद , धनसिंह कामी , जुनकला दमाई , सरस्वती बिष्टलाई सिफारिस गर्ने भएको छ ।                                                                 

      प्रदेश ख बाट रामभरोसे थारूलाई समानुपातिक उम्मेदवार बनाइएको छ । संघीय समानुपातिक तर्फ कैलाली क्षेत्र नं १ मा जंग बहादुर देउवा र क्षेत्र नं ५ बाट शेखर सापकोटालाई सिफारिस गर्ने भएको छ । सुदुरपश्चिम प्रदेशका ९ वटा जिल्लामा असोज १५ गतेसम्म प्रशिक्षण आयोजना गर्ने र जिल्ला निर्वाचन परिचालन समितिका संयोजक समेत तोकिएको छ ।                                                               

     कार्य क्षेत्र विभाजनमा टीकाराम जैसी कैलाली , धनसिंह कामी / सरस्वती चौधरी कञ्चनपुर , हस्त नेपाली दार्चुला , कपिल सिजापती बडुवाल अछाम , जंग बहादुर देउवा डोटी , शेखर सापकोटा बाजुरा , हिरा देवकोटा डडेलधुरा , दिलबहादुर विक बझाङ र सरस्वती बिष्टलाई बैतडी कार्य क्षेत्र विभाजनमा तोकिएका नेकपा माओवादी समाजवादी पार्टीका सुदुरपश्चिम अध्यक्ष धुर्व सञ्ज्यालले जानकारी दिनु भएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी समाजवादी

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images