युवा समाजसेवी कृष्ण बटाला एसियन अन्तर्राष्ट्रिय युवा अवार्डबाट सम्मानित भएका छन् । एसियन अन्तर्राष्ट्रिय युवा अवार्डबाट भारतको कलकत्तामा सम्मानित भएका हुन् । लामो समय देखि सामाजिक क्षेत्र तथा युवाहरूको क्षेत्रमा क्रियाशील कैलाली लम्कीचुहा १ , लम्कीका युवा अभियन्ता कृष्ण बटाला Asian International Youth 2022 बाट सम्मानित भएका छन ।
भारतको कलकत्तामा सम्पन्न तिन दिने एसियन अन्तरास्ट्रिय युवा सम्मेलनमा उनलाई आयोजक संस्था ग्लोबल युथ प्लेटफार्म र लायन्स ईन्टरनेशनल कलकत्ताले सम्मान गरेको हो। सम्मेलनमा बङ्लादेश भारत तथा नेपालबाट युवाहरूको सहभागिता रहेको थियो। विभिन्न सामाजिक संस्थामा आबद्ध कृष्ण बटाला समाज रुपान्तरणको लागि युवाको भुमिका निकै महत्त्वपूर्ण हुने र त्यसको निम्ति युवा नेतृत्व स्थापित गरी युवामा जागरण ल्याउनु पर्नेमा जोड दिइरहेका हुन्छन्।
बटाला योगदान राष्ट्रको लागि संस्थाका सुदूरपश्चिम प्रदेश संयोजक भइसकेका छन् भने हाल केन्द्रीय सदस्य भएका छन। युवा समाजसेवी बटाला युथ लिर्डरसीप कर्नरका अध्यक्ष भएर काम समेत गरिरहेका छन् ।
समाजसेवी बटाला कैलालीको लम्कीचुहा नगरपालिकामा २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र तर्फबाट मेयरको उम्मेदवार बनेका थिए । साथै बटालाले लम्कीमा सबैभन्दा उत्कृष्ट हाम्रो पाठशाला लम्की सञ्चालन गरिरहेका छन् ।



