बर्दगोरिया सेती लोकमार्ग निर्माणार्थ दबाब दिने उद्देश्यले आयोजना गरिँदै आएको बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्रव्यापी फुटबल प्रतियोगिताको पाँचौँ संस्करण आगामी असोज ३० गतेबाट सुरु हुने भएकाे छ । मँगलवार यहि असाेज ३० गते उक्त्र प्रतियाेगिता शुरु हुने सडकपूर युवा क्लव बाैनियाँले पत्रकार सम्मेलन मार्फत जानकारी दिइएकाे छ । 
कैलालीको बर्दगोरिया गाउँपालिकामा ठूलो धनराशिको पाचौँ बर्दगोरिया सेती लोकमार्ग खुला राष्ट्र व्यापी फुटबल प्रतियोगिता हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरि विगतका वर्षमा हुँदै आएको फुटबल प्रतियोगिताले यस वर्ष पनि निरन्तरता पाउने जानकारी गराइएको हो। विगत ४ संस्करण सफल रुपमा सम्पन्न गरेको सडकपुर बौनिया युवा क्लबले यस पटक पाँचौ बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र व्यापी फुटबल प्रतियोगिता गर्ने जानकारी गराएको हो । प्रतियोगिता यही असोज ३० गते देखि कार्तिक ७ गते सम्म सञ्चालन हुने छ ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख २५ हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने द्वितीय स्थान हासिल गर्ने टिमले नगद १ लाख १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका खेल संयोजक रवि कुँवरले पत्रकार सम्मेलनमा जानकारी गराए । यसै गरि व्यक्तिगत विद्या तर्फ प्रतियोगिताकै उत्कृष्ट खेलाडीले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्दा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर ,सर्वाधिक गोल कर्ता र उदयमान खेलाडीले नगद १०/१० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन ।
प्रतियोगितामा तीन प्रदेश सहित विभागिय टिम लगायत १६ टिमको सहभागिता रहने क्लबका सडकपूर यूवा क्लवकाअध्यक्ष जीवन बिसीले बताए । प्रतियोगिताको कुल खर्च १२ लाख लाग्ने र प्रायोजकहरूको खोजी भइ रहेको प्रतियोगिताका आर्थिक संयोजक पुष्प भण्डारीले बताए । प्रतियोगिताले यश क्षेत्रमा रहेको बर्दगोरिया धामको प्रचारप्रसारमा सहयोग पुगोस् भन्ने उद्देश्य रहेको महासचिव तथा प्रतियोगिता प्रचारप्रसार संयोजक कृष्ण प्रसाद ओझाले जानकारी दिए । साथै रोकिएको सेती लोकमार्गको कामले पनि तीव्रता पास भन्ने प्रतियोगिताको उद्देश्य रहेको छ



