कैलालीका बलात्कार मुद्दाका फरार प्रतिवादी कारागार चलान भएका छन्। कैलालीको लम्कीचुहा नगरपालिका-९ का २१ वर्षीय सुदीप चौधरीलाई जिल्ला अदालतले मंगलबार पुर्पक्षका लागि कारागार चलान गरेको हो । जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई गत भदौ १२ गते ईलाका प्रहरी कार्यालय लम्कीबाट सादा पोसाकमा खटिएको टोलीले ललितपुर महानगरपालिका-१४ ताल्छिखेतमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख , प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिएका छन । १३ गते नै कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान कार्य सकेर आज मंगलबारअभियोग पत्रसाथ अदालतमा मुद्दा दायर गरिएको थियो। अदालतले उनलाई आजै पुर्पक्षको लागि कारागार पठाएको प्रहरीले बताएको छ। २०७८ / ७/ ४ गते जबर्जस्ती करणी भएको र २०७८ /७/९ गते इलाका प्रहरी कार्यालय लम्कीमा जाहेरी परेको थियोे ।



