सिएमसी कैलालीको आयोजना र राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा २ दिने अनुगमन प्रणाली तालिम शुक्रबार देखि सुरु भएको छ । २ सम्म सञ्चालन हुने तालिममा तालिम संयोजक तथा सिएमसी कैलालीका उपाध्यक्ष नवराज न्यौपानेले जानकारी दिनु भएको छ ।
सिएमसी कैलालीका अध्यक्ष छविलाल जैसीको सभापतित्वमा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि सहकारी बैंक सञ्चालक सदस्य शिवा थापा रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिमा किसान बहुउद्देश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्बर शाह रहनु भएको थियो ।
कार्यक्रममा अतिथिमा लम्कीचुहा सहकारी विभागबाट भानुभक्त उपाध्याय , लम्कीचुहा नगरपालिका स्तरीय सहकारी समन्वय समितिका सचिव मित्रलाल चौधरी , प्रशिक्षक बल्लभ तिमिल्सिना , एन.शी.बिएल.धनगढीका शाखा प्रमुख कृष्ण रावल , लम्कीचुहा नगर स्तरीय सहकारी समन्वय स्तरीय समितिका व्यवस्थापक संयोजक चन्द्रकान्त खनाल लगायत सिएमसीका पदाधिकारी तथा सदस्यहरूको सहभागीता रहेको छ । सि.एमसी कैलालीका उपाध्यक्ष तथा तालिम संयोजक नवराज न्यौपानेले कार्यक्रममा स्वागत मन्तव्यले स्वागत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सिएमसी कैलालीका सचिव नरेन्द्र टमट्टाले गर्नु भएको हो । तालिम शनिबारसम्म सञ्चालन हुनेछ ।



