Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

राष्ट्रिय गोजुरियो कराते दो-संघको आयोजनामा अन्तर डोजो कराते प्रतियोगिता सुरु

राष्ट्रिय गोजुरियो कराते दो-संघको आयोजनामा अन्तर डोजो कराते प्रतियोगिता सुरु

  • समाचार
  • आश्विन १५, २०७९ शनिवार २०:१६ बजे
  • 1.3K
    SHARES
  • राष्ट्रिय गोजुरियो कराते दो-संघको आयोजनामा अन्तर डोजो कराते प्रतियोगिता सुरु

    राष्ट्रिय गोजुरियो कराते दो- संघ नेपाल लम्कीचुहा नगर कमिटीको आयोजनामा अन्तर डोजो कराते प्रतियोगिता २०७९ को शनिबार उद्घाटन भएको छ । राष्ट्रिय गोजुरियो कराते दो- संघ नेपाल लम्कीचुहा नगर कमिटीका अध्यक्ष मीन बहादुर बटालाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथिमा लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशिला शाही रहनु भएको थियो ।    Screenshot_20221001-201149_Gallery.jpg                                                 कार्यक्रममा विशिष्ट अतिथिमा लम्कीचुहा नगरपालिका वडा नं १ का वडा अध्यक्ष नेत्र प्रसाद खनाल र राष्ट्रिय गोजुरियो कराते दो- संघ नेपालका महासचिव प्रकाश चन्द रहनु भएको थियो । कार्यक्रममा खेल प्रशिक्षक , रेफ्री, समाजसेवीहरूको सहभागीता रहेको थियो । असोज १५ गते र १६ गतेसम्म खेल सञ्चालन हुनेछ ।                                                   लम्कीचुहा नगरपालिका , जानकी गाउँपालिका , घोडाघोडी नगरपालिका , गौरीगंगा नगरपालिका , भजनी नगरपालिका , टीकापुर नगरपालिकाका २ सय १३ छात्र छात्रा खेलाडीहरूको सहभागीता रहेको छ । २० किलोदेखि ६० किलोसम्मका खेलाडीहरूको सहभागीता रहेको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख शाहीले नगरपालिका खेलकुद क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images