कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ का पहिरो पीडितलाई आज रेडक्रसले राहत सामग्री वितरण गरेको छ । गत भाद्र ३१ गते राती आएको पहिरोबाट प्रभावित परिवार लाई नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाले उपलब्ध गराएको राहत सामग्री नेपाल रेडक्रस सोसाइटी सुगरखाल उपशाखाद्वारा आज बढीगाउँमा आयोजित कार्यक्रममा राहत सामग्री वितरण गरिएको हो । उक्त अवसरमा पहिरो पीडित प्रती परिवारलाई एक थान त्रिपाल र एक थान हाइजेनिक कीट वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका मन्त्री लोकराज जोशीले जानकारी दिनुभएको छ । नेपाल रेडक्रस सोसाइटी सुगरखाल उपशाखाका सभापति सुर्यबहादुर शाहीको सभापतित्वमा भएको राहत सामग्री वितरण कार्यक्रमका प्रमुख अतिथि मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कमल साउद रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका मन्त्री लोकराज जोशी, मोहन्याल गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नवराज कठायत रहनु भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका उपमन्त्री राकेश हमाल, जिल्ला सदस्य जगदिश्वर पण्डित , दिनेशकुमार लामिछाने , नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका सभापति रंगप्रसाद तिमिल्सैना, सुगरखाल उपशाखाका तत्काल निवर्तमान सभापति दानबहादुर बोहरा , सुगरखाल उपशाखाका कार्यसमिति सदस्य ताराप्रसाद अधिकारी , प्रतापपुर उपशाखा सभापति खडक चौधरी, बलिया उपशाखा सचिव बिनोद आचार्य , उपसचिव मार्कण्डेय उपाध्याय, समाजसेवी रतन माझी, शिक्षक वीरबहादुर बुढाथोकी लगायतकाको उपस्थिति रहेको थियो । नेपाल रेडक्रस सोसाइटी सुगरखाल उपशाखाका तत्काल निवर्तमान सभापति दानबहादुर बोहराले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन सुगरखाल उपशाखाका सचिव नेत्रप्रसाद ढुंगानाले गर्नुभएको थियो ।



