Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

कैलालीको लम्कीचुहा १ पुर्व लम्कीमा म्याजिक पल्टिँदा ४ जना घाइते

कैलालीको लम्कीचुहा १ पुर्व लम्कीमा म्याजिक पल्टिँदा ४ जना घाइते

  • समाचार
  • आश्विन २१, २०७९ शुक्रवार १८:४४ बजे
  • 643
    SHARES
  • कैलालीको लम्कीचुहा १ पुर्व लम्कीमा म्याजिक पल्टिँदा ४ जना घाइते

    कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ पुर्व लम्कीमा म्याजिक पल्टिँदा ४ जना घाइते भएका छन्। लम्कीचुहा नगरपालिका-१ पुर्व लम्की स्थित पूर्व-पश्चिम राजमार्गमा शुक्रबार से १ ज ३८४ नम्बरको म्याजिक पल्टिएको प्रहरीले जानकारी दिएको छ ।                                                म्याजिक अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। म्याजिकमा सवार ४ जना घाइते भएका र उनीहरुको लालरत्न अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनु भएको छ।                                                                   लम्कीचुहा नगरपालिका वडा नं ३ का धिरेन्द्र शाही , बर्दगोरिया गाउँपाउलिका ३ की सरिता बम , लम्कीचुहा नगरपालिका १ कि दुर्गा थापा मगर र कञ्चनपुर जिल्ला दोधारा चाँदनी नगरपालिका २ कि नन्दकला चन्द घाइते भएका छन् । उनीहरूको चोटको अवस्था मध्यम रहेको बताइएको छ । म्याजिकसहित लम्कीचुहा ३ का म्याजिक चालक बुदे लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images