Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नायिका छिरिङ र कोरियोग्राफर जेडीले नाचेरै विश्व रेकर्ड कायम गरे

नायिका छिरिङ र कोरियोग्राफर जेडीले नाचेरै विश्व रेकर्ड कायम गरे

  • समाचार
  • मंसिर २, २०७९ शुक्रवार १८:१७ बजे
  • 1.0K
    SHARES
  • नायिका छिरिङ र कोरियोग्राफर जेडीले नाचेरै विश्व रेकर्ड कायम गरे
    • कर्णाली भ्यूज

        ✍️  गोपाल जंग थापा , मंसिर २ शुक्रबार                                                             कोरियोग्राफर तथा कन्टेम्पोरेरी डान्सर जेडी तमु र डांसिंग स्टार नेपालका विजेता छिरिङ शेर्पा मिलेर अग्लो ठाउँमा नृत्य गरेर कीर्तिमान कायम गरेका छन् । बिहीबार सर्बोच्च शिखर सगरमाथाको काखमा पर्ने कालापत्थर, ५ हजार ६ सय मिटर उचाइमा नाँचेर उनीहरूले विश्व कीर्तिमान कायम गरेका हुन् ।                                                                                        तमु र शेर्पाको समूह नै यो शीर्षकमा विश्व कीर्तिमान कायम गर्ने विश्वभरिबाटै पहिलो टोली हो । सो अवसरमा विभिन्न नेपाली लोक नृत्य समायोजन गरी तीन मिनेट लामो प्रस्तुती दिएका थिए । नेपाली कला संस्कृति र पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम गरेको बताइएको छ । शेर्पा र तमुले हाइएस्ट अल्टिच्युड कोरियोग्राफ्ड डान्स अन ल्याण्ड पेयर  टाइटलमा विश्व रेकर्ड कायम गराएका हुन् । छिरिङ शेर्पा चर्चित डान्सिङ रियालिटी शो डान्सिङ स्टार्स नेपालकी विजेता हुन् । उनले चर्चित कलाकार तथा कोरियोग्राफर सरोज प्रजासँग मिलेर जीत हासिल गररेकी थिइन । शेर्पा समुदायकी पहिलो नायिका छिरिङ शेर्पाको पुरा नाम छिरिङ डोमा शेर्पा हो ।    received_1313085132775610.jpeg                                     शेर्पा फिल्म्स संघ नेपालकी अध्यक्ष समेत हुन् । उनी मिस्टर एण्ड मिस टिन शेर्पाकी आयोजक पनि हुन् । उनले शेर्पा भाषाका चलचित्र, म्युजिक भिडियो तथा अन्य विभिन्न नेपाली म्युजिक भिडियोहरुमा समेत अभिनय गरेकी छिन् । मिस ईण्डीजिनियस हेरिटेज नेपाल २०१६ विजेता छिरिङले मिस टिनेजर ईन्टरनेशनल नेपाल २०१५ मा मिस ट्यालेन्टको उपाधी समेत जितेकी थिईन् । आईडियल ईङ्ग्लीस सेकेण्डरी स्कुलबाट मार्केटिङ एडभरटाईजिङ बिजनेश स्टडिज अध्ययन गरेकी छिरिङले बज्र ईन्टरनेशनल कलेजमा औपचारिक रुपमा नृत्य सिकेकी थिइन् । पद्मकन्या क्याम्पसबाट बिए उत्तीर्ण छिरिङले बिजनेश म्यानेजमेन्ट र फेसन डिजाईनिङ पनि अध्ययन गरेकी छिन् । उनी गौतम बुद्ध फिल्म प्रालीकी निर्देशक पनि हुन् । जेडी तमु डान्सिङ स्टार्स नेपालका फाईनलिष्ट हुन् । उनी नायिका तथा मोडल परमिता रानासँग मिलेर सेकेण्ड रनर अप भएका थिए । जेडी चर्चित डान्सर तथा कोरियोग्राफर हुन् । उनको पुरा नाम जगदिश गुरुङ हो ।          received_642416700897237.jpeg                                                                ईलाम स्थायी घर भएका जेडी कुशल नृत्य निर्देशकका रुपमा पनि परिचित छन् । वाई स्ट्याण्ड डान्स स्कूलमा नृत्य सिकाईरहेका जेडीले नेपा डान्स एकेडेमी, अरपिता स्टेप अप डान्स एकेडेमी लगायतका विभिन्न डान्स एकेडेमीमा प्रशिक्षक रुपमा काम गरिसकेका छन् । उनले टेरेन्स लुईस प्रोफेसनल ट्रेनिङ ईन्स्टिच्युटबाट नृत्यमा डिप्लोमा गरेका छन् ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images