लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाहीले क्षेत्र नं २ का विभिन्न ठाउँमा रहेका मतदानस्थलको अनुगमन गर्नु भएको छ । व्यवस्थापन , सुरक्षा व्यवस्था लगायतका विषयमा मतदान अधिकृतसँग जानकारी लिनुका साथै ढुक्कसँग मतदातालाई मतदान गर्ने वातावरण सृजना गर्न मतदान अधिकृतलाई जानकारी गराउनु भएको छ । कैलालीको लम्कीचुहा १ मा रहेको कालिका माध्यमिक विद्यालय लम्की भुरूवा , राष्ट्रिय नमुना माध्यमिक विद्यालय मोतिपुर , जनजागृति माध्यमिक विद्यालय चौरी , राष्ट्रिय मा.वि. थापापुर ,जीवन दिप प्राथमिक विद्यालय लम्कीचुहा ३ बल्चौर लगायतका मतदान केन्द्रको नगर प्रमुख सुशिला शाहीले स्थलगत निरीक्षण गर्नु भएको छ । मतदान केन्द्रको तयारी पुरा भएको र मंसिर ४ गते बिहान ७ बजेबाट नै मतदान सुरु हुने कैलाली क्षेत्र नं २ का निर्वाचन अधिकृत तेज प्रकाश जोशीले जानकारी दिनु भएको छ ।



